लम्की अद्योगीक क्षेत्रमा पहिलो उद्योग खोल्छु ः विनोद चौधरी

img-featured

 
 लम्की  मंशिर ९ / नेपाली काँग्रेसका समानुपातीक उम्मेदार तथा वरिष्ठ उद्योगपती विनोद चौधरीले डुडेझारी औद्योगीक क्षेत्र मा आफुले पहिलो उद्योग स्थापना गर्ने घोषणा गर्नु भएको छ । कैलालीको वलियामा नेपाली काँग्रेसले आयोजना गरेको भेलालाई सम्वोधन गरे पश्चात लम्कीमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै चौधरीले सो घोषणा गर्नुभएको हो ।
 
उहाँले यस क्षेत्रमा स्थापना हुन लागेको ओद्योगीक क्षेत्रमा पुर्वाधार निमार्णको काम शुरु हुने वित्तिकै आफ्नो कम्पनीले उद्योग स्थापना का लागी काम शुरु गर्ने वताउनुभएको हो । साथै उद्योगपती चौधरीले लम्की वहुमुअि क्याम्पसमा अध्यानरत उत्कृष्ट १० जनालाई आफ्नो उद्योगमा तत्काल राजगारीको ग्यारेन्टी गर्ने घोषणा समेत गर्नुभएको छ । साथै यस क्षेत्रको विकासका लागी आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत उहाँले घोषणा गर्नुभएको छ । आगामी निर्वाचनमा नेपाली काँग्रेसले विजय गरे मात्रै देशमा विकास र सम्वृद्धिको वाटो खुल्ने समेत उहाँले स्पष्ट पार्नुभयो ।
 
देशमा भएका सवै उपलव्धी नेपाली काँग्रेस नेतृत्वको सकारकारको कार्यकालमा शुरु भएको वताउदै चौधरीले यसलाई पुरा गर्न पनी आगामी निर्वाचनमा काँग्रेस उम्मेदारले विजय हासील गर्न आवश्यक हरको वताउनुभयो । सोही अवसरमा वोल्दै पुर्व सांसद तथा उद्योगी उमेश श्रेष्ठले आफुले सुदुरपश्चिमा कृषि, पर्यटन तथा लघुविद्युत क्षेत्रमा लगानीको काम शुरु गरी सकेको वताउदै काँग्रेसले विजय प्राप्त गरे थप   काम अघि वढाउने घोषणा समेत गर्नुभयो । 
 
 

radio programs

View All
  • On air नेपाली लोक गीतहरु -by
  • up next खबर संक्षेप -by