समुन्नत र समृद्ध प्रदेश काग्रेसबाट मात्रै सम्भव डा.आरजु

img-featured

धनगढी, १० मसिंर । कैलाली क्षेत्र नम्बर ५ कि प्रतिनिधी सभा उम्मेदवार आरजु राणा देउवाले सात नम्बर प्रदेशलाइ समृद्धि तर्फ अग्रसर गराउन र लोकतन्त्र सस्थागत गर्न नेपाली काग्रेसको जित अपरिहार्य रहेको बताउनु भएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिती कैलालीले शनिवार धनगढीमा आयोजना गरेको निर्वाचन केन्द्रित अन्तरक्रियामा बेल्दै डा. देउवाले भन्नु भयो ‘नेपाली काग्रेसले मात्रै सात नम्बर प्रदेशलाइ समुन्नत र समृद्ध प्रदेश बनाउन सक्छ’ । सरकारी पद्धतिकै कारण सात नम्बर प्रदेश पछाडि परेको बताउदै राणा देउवाले पद्धती सुधार गरेर प्रदेशको तिब्र बिकासमा लाग्ने बताउनु भयो ।

 

‘बजेट बिनियोज हुने खर्च नहुने सबै भन्दा ठुलो समस्या छ यो समस्या अन्य गर्ने र बिकासको आमुल परिवर्तन गर्ने मेरो अठोट छ’ देउवाले भन्नुभयो । बिगत लामो समय आफु समाजिक संघ सस्थाहरुमा आबद्ध रहदा प्रदेश भित्रको बिपन्नता महसुस गरेको भन्दै देउवाले सवैभन्दा पहिले यसक्षेत्रको गरिबी अन्यतका लागि रोजगारीका अवसर सृजना गर्ने बताउनु भयो । ‘सात नम्बर प्रदेशको समृद्धि र धनगढीको बिकासका लागि मुलुकको सबै क्षेत्र त्यागेर म यहा आएकि हु, म सुदूरपश्चिकी बुहारी पनि हु’ डा आरजुले भन्नुभयोे ‘अब सुदूरपश्चिम परिवर्तन गर्ने अबिभारा बोक्न चाहान्छ’ु । । सात नम्बर प्रदेशमा समृद्धिको ठुलो सम्भावना भएको उल्लेख गर्दै देउवाले ठुला हाइड्रोपावरहरु संचालनमा ल्याउने बताउनु भयो । नेपाली काग्रेसको चुनाव परिचालन आर्थिक बिकास सम्पन्नता समितिका संयोजक तथा ब्यवसायी पु्र्व सांसद बिनोद चौधरीले सात नम्बर प्रदेशमा अब ठुला उद्योग संचालनको वातावारण सृजना गर्ने बताउनु भयो । ‘औद्योगिक क्षेत्र स्थापना नहुदा उद्योग ब्यवसाय फस्टाउन सकेको छैन चौधरीले भन्नुभयो अब धेरैदिन यस्तो अवस्था रहदैन’ । चौधरीले औद्योगिक क्षेत्र निमार्णको लागि पहल भइरहेको समेत जानकारी दिनु भयो । नेपाली काग्रेसले निर्वाचनको पुर्व सन्ध्यामा २१ बटा बिकासका ठुला अभियान सुरु गरेको बताउदै ति अभियानहरु सफल भए मुलुकले कोल्टो फेर्ने उहाले बताउनु भयो ।

 

‘नेपाली काग्रेसकै नेतृत्वमा सुरु भएको ठुला बिकासे परियोजना समयमै परा गर्न काग्रेस प्रतिबद्ध छ चौधरीले भन्नु भयो ‘अबको पाच बर्षमा मुलुकले काचुली फेर्ने छ’ । निर्वाचन केन्द्रित अन्तरक्रियामामा शिक्षाबिद् तथा पुर्व सांसद उमेश श्रेष्ठले सात नम्बर प्रदेशलाइ शिक्षाको हब बनाउने बताउनु भयो । श्रेष्ठले भन्नुभयो ‘शिक्षाको बिकास पछि मात्रै प्रदेशको समृद्धि सम्भव छ’ । नेपाली कांग्रेश कैलालीका सभापति नरनारायाण शाहको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

radio programs

View All
  • On air नेपाली लोक गीतहरु -by
  • up next खबर संक्षेप -by