डा.आरजुको पहल पछि सेती अञ्चल अस्पतलाको स्तरोन्ती

img-featured

 

मन्त्री परिषद वैठक द्वारा पचास शैयाको अस्पताललाइ तीन सय शैयाको वनाउने निर्णय,स्थानिय खुसि

धनगढी, ९ मंसिर । कैलाली क्षेत्र नम्वर ५ कि प्रतिनिधिसभा उम्मेदवार तथा नेपाली कांग्रेशकी नेतृ डा. आरजु राणा देउवाको विषेश पहल पछि सात नम्बर प्रदेशको एक मात्र रेफरल सेती अञ्चल अस्पताल तिनसय शैयाको हुने भएको छ । शुक्रवार सरकारले सेती अंञ्चल अस्पतालको स्तरोन्नती गर्ने निर्णय मन्त्रीपरिषदबाट पारित गरे पछि हाल पचास शैया रहेको अस्पताल तिन सय शैयाको हुने आशा पलाएको हो । कैलाली क्षेत्र नम्बर पाँच कि प्रतिनिधीसभा उमेद्धार आरजु देउवा राणाको पहल पछि मन्त्री परिषदले अस्पताललाइ तीन सय शैयाको बनाउने निणर्य गरेकोे छ । यस अघि कागे्रस नेतृ देउवाले सेती अञ्चल अस्पतालको स्थलगत निरिक्षण गर्दै जतिसक्दो छिटो अस्पतालको स्तरोन्ती गर्ने प्रतिवद्धता जाहेर गर्नुभएको थियो । त्यसको एक साता नवित्दै मन्त्रीपरिषदले अस्पताललाइ स्तरोन्ती गर्ने निर्णय गरेपछि यसक्षेत्रका वासिन्दा हर्षित भएका छन ।   आफु सात नम्बर प्रदेशमा शिक्षा,स्वास्थ्य र रोजगारीको व्यवस्था गर्न नै यस क्षेत्रबाट चुनाव लडेकोले सेती अञ्चल अस्पताको स्तरोन्नतीबाटै विकासको काम सुरु गरेको उहाँले बताउनुभयो । ‘म प्रदेश नम्बर सातको विकासका लागि गम्भिर छु’ उहाले भन्नुभयो ‘तपाइ हाम्रो क्षेत्र सात नम्बर प्रदेश म पनि सम्पन्न भएको हेर्न चाहान्छु ’ ।
अञ्चल अस्पतालको विकासका लागि सैद्वान्तीक सहमती क्याविनेटले दिइ सकेकोले छिट्टै अस्पताल स्तरोन्ती हुने उहाँले बताउनुभयो । ‘तिनसय शैयाका लागि निर्णय भइसकेको छ अब केहि प्रकृया पुरा गरि बजेटका लागी पेश गर्न मात्रै बाँकि हो’ देउवाले थप्नुभयो ‘ प्रदेश सातमै थप शैया सहित अन्य सेवा सुविधा र उपकरण भित्रीए पछि गुणस्तरीय सेवा यहि अस्पतालबाटै पाइन्छ ।’  
अस्पतालको शैइया थपिने भएपछि आवश्यक भवन,आधुनिक उपकरण पनि भित्रिने उहाँको दावी छ । ‘आइसियु कक्ष थप व्यवस्थित हुनेछ’ नेतृ देउवाले भन्नुभयो ‘पुरै प्रदेशलाइ थेग्ने प्रतिक्षालय कक्षा र सुत्केरी बस्ने व्यवस्थित सुत्केरी घर निमार्ण हुन्छ ’ । शनिवार नेपाल मेडिकल एसोसिएसनले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा वोल्दै डा. देउवाले स्वास्थ्य क्षेत्र आफ्नो विषेश चासोको बिषय भएकाले अस्पतालको स्तर सुधारमा प्रतिबद्ध भएर लाग्ने बताउनु भयो । अस्पतालको विकासका लागि नेतृत्व तहदेखि नीति निर्माण तहसम्म आफुले पहल गर्नसक्ने भएकाले अस्पताललाइ यस क्षेत्रकै विशेषज्ञ स्वास्थ्य सेवा प्रदायक संस्था बनाउने उहाले प्रतिवद्धता व्यक्त गर्नुभयो । तपाइहरु मलाइ जिताउनुस म सेती अञ्चल अस्पताल मात्रै होइन जिल्लाका सवै अस्पताल र स्वास्थय संस्थालाइ नमुना वनायर देखाउछु आरजुले भन्नुभयो । 
सेती अञ्चल अस्पतालमा लामो समयदेखी शैया अभावका कारण विरामी मर्कामा पर्दै आएका थिए । अत्याधुनिक उपकरण सहित आवश्यक भवन र थप शैया बन्ने भए पछि स्थानियवासि हौसिएका छन् । ‘ठुलो अस्पताल हुनु हामि सबैका लागि गौरवको कुरो हो ’ सेती अञ्चल अस्पतामा भेटिनुभएका बुडर डोटीका गोरख बहादुर लामाले प्रश्न गर्नुभयो ‘अस्पतालमा सबै सेवा सुविधा भए किन उपचारका लागि भारत र काठमाण्डौ गइरहनु’ । 
हाम्रै ठाँँउमा सुविधा सम्पन्न अस्पताल भए ‘गर्जो टारेर उपाचारका लागि भारत र काठमाण्डौ जानु पर्ने बाध्यता टर्ने धनगढी उपमहानगरपालीका वडा नं ३ का स्थानिय स्थानिय अर्जुन डगौराले बताउनुभयो । ‘भारत जानलाइ ठुलो रकम जोहो गर्नुपर्छ,भनेको बेला भारु पाइदैन्’डगौराले भन्नुभयो ‘आफुनै ठाउमा उपचार गर्न पाउदा गरिबलाइ निकै ठुलो राहत मिल्छ’ । 
विरामी राख्ने वेड (शैया) को अभावका कारण अस्पतालको सेवा प्रवाहमा पनि समस्या पर्दै आएको थियो । अस्पतालमा झण्डै दोब्बरको संख्यामा शैया थपिए व्यवस्थापन र उपचारमा सहजता आउने सेती अञ्चल अस्पताल विकास समतीका अध्यक्ष रिता भण्डारीले बताउनुभयो । हाल सरकारी स्तरवाट ५० शैया मात्रै रहेका अस्पतालमा एक सए ६ जनाको दरवन्दी रहेपनि ८९ जनामात्रै कार्यरत छन । 
 

radio programs

View All
  • On air नेपाली चलचित्रका गीतहरु -by
  • up next थाहा सञ्चार समाचार -by