यसकारण जीत्दै छ, काँग्रेस कैलाली २ मा

img-featured

 

 

 

 

 
 
 
डम्मर बम
 
          पहिलो चरणको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन ३२ जिल्लामा सफलता पुर्वक सम्पन्न भएको छ । त्यस्तै वाँकी रहेका ४५ जिल्लाको दोस्रो चरणको निर्वाचन मंसिर २१ गते तोकिएको छ । प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा यो ऐतिहासिक निर्वाचन भई रहेको छ । नेपालको आधुनिक इतिहास यता आजसम्म हाम्रो देश संक्रमणकालबाट नै गुज्रिरहेको छ । संक्रमणकालबाट देशलाई निकास दिन प्रधानमन्त्री देउवा र सिंगो काँग्रेस लागी परेको छ । 
 
नेपाली जनताको चाहना अनुसार सात दशकसम्मको अनेकौँ बलिदान, संघर्ष, आन्दोलनको परिणाम स्वरुप जनताले चुनेका प्रतिनिधिहरुले निर्माण गरेको संविधान प्राप्त भएको छ । यसको कार्यान्वय हुन भने नसकेका अवस्था छ । देउवा नेतृत्वको मन्त्रिमण्डलमा रहेका नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले चुनाव सार्ने देशी विदेशी जालझेल भई्रहेको भनेर आशंका छर्ने दुष्प्रयास गरे पनि दृढ देउवाले देशलाई निर्वाचनमय बनाई पहिलो चरणको निर्वाचन समेत सफल बनाउनु भयो । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा काँग्रेस पहिलो पार्टी बन्ने विभिन्न संघ संस्थाले तयार गरेको प्रतिवेदनको निश्कर्षले देखाएको छ । त्रिभुवन विश्वविद्यालयका राजनीति शास्त्र, जनसंख्या लगायत विभागका प्राध्यापकहरु संलग्न एक संस्थाले देशका विभिन्न स्थानमा आफ्ना प्रतिनिधि खटाएर गरेको अध्ययन प्रतिवेदनले काँग्रेस पार्टी नै मुलुकको पहिलो पार्टी बन्ने अनुमान गर्दै आफ्नो अध्ययन प्रतिवेदन तयार पारेको छ ।
 
दोस्रो चरणको निर्वाचनको मिति नजिकिदै जादा दलहरुको चुनावी प्रचारले तीब्रता पारेका छन् । नेता कार्यकर्ताहरु घरदैलो अभियानमा व्यस्त छन् । पक्ष र विपक्ष नेताहरुले असन्तुष्टलाई मनाउन र आफ्नो पक्षमा माहोल जुटाउनमा तिव्र रुपमा लागका छन् । सिंगो देश काँग्रेसमय भएको अवस्था ५ निर्वाचन क्षेत्र रहेको कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा अहिले काँग्रेस बलियो रुपमा रहेको छ । पुर्व शिक्षा तथा खेलकुद राज्य मन्त्री तथा दोस्रो संविधान सभा निर्वाचनमा निर्वाचित मोहनसिंह राठौर एमालेवाट काँग्रेसमा प्रवेश गरी प्रतिनिधि सभा उम्मेद्वार हुनुहन्छ । उहाँले आफुले यस क्षेत्रमा गरेका विकास निर्माणका कामहरु पुरा गर्न र देशलाई निकास दिन काँग्रेसमा प्रवेश गरी निर्वाचनमा होमिएको बताउदै आउनु भएको छ । उहाँले यस क्षेत्रको विकासमा आफ्नो अतुलनिय योग्दान रहेकाले यस क्षेत्रका जनताले फेरी पनि आफुलाई निर्वाचित गराउनेमा ढुक्क रहेनु भएको छ । त्यसै प्रतिनिधि सभा निर्वाचमा राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा ख्याति प्राप्त व्यक्ति तथा राजनीतिक र आर्थिक गतिविधि अनुभव बटुलेका काँग्रेस महासमिति सदस्य हिम रावल प्रति काँग्रेसले मात्र नभई अन्य पार्टीमा आद्धव जनताले आशा र भरोसामा राखेका छन् ।
 
लामो समयदेखि अनवरत रुपमा यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका विकासप्रेमी प्रदेश सभाका उम्मेद्वार रावलले अन्य सकारात्मक कार्यहरु, स्वास्थ्य शिविर, स्कुल, वित्तिय क्षेत्रमा लगानी गरी रोजगारी श्रृजना गरी धेरैलाई आत्मनिर्भर बनाउने काममा योगदान पु¥याउनु भएको छ ।  कैलाली निर्वाचन क्षेत्र नम्बर २ को क) वाट प्रदेश सभा उम्मेद्वार समाजेसेवी रावलको जितसँगै त्यस क्षेत्रमा विकासले फड्को मार्नेमा यस क्षेत्रका सबैले सहजै आँकलन गरेका छन् ।  
 
अर्कोतर्फ विगतदेखि उत्पीडनमा परेका थारु समुदायको अधिकारी सुनिश्चितका लागि लड्दै आउनु भएका अरुण चौधरी कैलाली निर्वाचन क्षेत्र नम्बर २ को ख) वाट प्रदेश सभा उम्मेद्वार रहनु भएको छ । यस्ले पनि त्यस ठाउँमा काँगे्रसको जित सुनिश्चित भएको देखाउँद छ । अरुण चौधरी अधिकास थारु समुदाय बसोवास भएको क्षेत्रवाट प्रतिनिधित्व गर्ने र थारुहरुको मुक्तिका लागि सर्षशरत व्यक्ति हो, जो स्थानीय निकायको निर्वाचनमा फोरम लोकतान्त्रीकवाट लम्कीचुहा नगरपालिकाको मेयर पदमा उम्मेद्वार रही सानदार मत प्राप्त गर्नु भएको थियो ।
 
त्यसै गरी प्रदेशको समानुपातिक उम्मेदवारको रुपमा सुसिला शाहीको उम्मेदवारी रहेको छ । महिलाका हरेक क्रियाकलाप र विभिन्न सघसस्थामा आवद्ध रही महिलाका क्षेत्रमा श्रृजनशिल कार्य गरेकोले पनि समानुपातिक उम्मेदवार शाही जनता माझ लोकप्रिय नेताका रुपमा परिचित हुनुहुन्छ ।
 
विभिन्न क्षेत्रवाट आ–आफ्नो महत्वपूर्ण भूमिका निर्वाहा गरेका नेतृत्व रहेकोले नै काँग्रेस यस क्षेत्रमा अब्बल देखिएको हो । यस क्षेत्रको सर्वाङ्गिक विकास लागि काँग्रेसको विकल्प  कुनै हालत रहेको देखिदैन । देश अहिले सक्रमणकालवाट  गुज्रि रहेको अवस्थामा नेपाली काँग्रेस सभापति तथा प्रधानमन्त्री स्वर्गिय सुसिल कोइरालाको नृतृत्वमा जार्रीु भएको सविधान कार्यान्वयन हुन सकेको छैन् ।
 
सविधान कार्यान्वयन सँगै जनताका हक अधिकार स्थापित हुने भएका कारण काँग्रेस नृतृत्वको सरकारवाट सम्भव छ । २००७ साल देखि अहिले मुलुकमा भएका राजनीतिक उतावचढाव भए सबैको निराकरण गरी काँग्रेसले नै देशमा शान्ति र सविधान जारी गरेको छ । यस कारण सचेत नेपाली जनताले कसैको वहकाउ वा प्रलोभनमा नपरी लोकतान्त्रीकशक्तिको जित सुनिश्चि गराउनु आवश्यक छ । 
 

radio programs

View All
  • On air पुराना हिन्दी गीतहरु -by
  • up next प्रसारण समाप्त -by