चिसो बढे पछि जनजिवन प्रभावित

img-featured

 
 
नवीन देवकोटा / नेत्रप्रसाद न्यौपाने मंसिर १९ लम्की / कैलाली कञ्चनपूरमा दुई दिन देखी एक्कासी चिसो बढे पछि यस क्षेत्रको जनजिवन निकै प्रभावित भएको छ । गाउँ–घर तथा स्थानिय लम्की, टीकापुर, बौनिया, बलिया, चुहा, पहलमानपुर, चौमाला, सुखड्, अतरीया, धनगढी, महेन्द्र नगर लगायतका बजार तथा यस क्षेत्रका ग्रामिण भेगका मानिसहरु जम्मा भएर आगो तापेर चिसो कटाइरहेका छन् । जाडोले  बिशेष गरी  बुढाबुढी तथा बालबालिका मारमा परेका छन् । 
 
 चिसोले बुढाबुढी, वालवालिका र आर्थिक अवस्था कमजोर भएका विपन्न वर्ग बढी प्रभावित भएका छन् । बजारमा  मानिसहरुको आवत जवात  पनि  पहिलेको तुलनामा  निकै  कम भएको छ । बदलिदो मौसमले गर्दा यस  समयमा मानिसहरु बढी बिरामी हुने भएकाले  सम्पुर्णलाई    घर बहिर निस्कदा न्यानो लुगाकपडा लगाएर बहिर निस्कन समेत  चिकित्तसकहरुले   सुझाव दिएका छन् । चिसोको कारण निमोनिया, दम, खोकी, पेट दुख्ने र ज्वरो आउने बिरामीको संख्यामा वृद्धि हुन सक्ने भएकाले सचेत रहन चिकित्तसकहरुले सल्लाहा दिएका छन् । 
 
 जिल्लाका अन्य स्वास्थ्य संस्थामा समेत चिसोका कारण बिरामी भएकाहरू आउने क्रम बढेको छ । तापक्रम प्रतिदिन घट्दो क्रममा रहेकोले अझै चिसो बढ्ने देखिएको छ । चिसोका कारण हिउँदे तरकारी समेत सुक्ने सभवना हुन्छ । टमाटर, आलु, बन्दा र काउलीलाई शितलहरले प्रभावित गर्ने कृषि विज्ञहरूले जनाएका छन् । 
यस्तै जाडो मैसममा पशुलाई न्यानोका लागि गोठमा सोत्तरको व्यस्था गरिनु पर्ने पशु विज्ञहरूले सुझाव दिएका छन् । गाई भैसिमा चिसोका कारण घाँस नखाने, छर्ने जस्ता लक्षण देखिन सक्ने भएकाले उनिहरूले पशुको स्याहारमा पनि ध्यान दिनु पर्ने बताएका हुन् । चिसोले  पशुमा स्वाश्स प्रश्वास, आउँमासि, दुध उत्पानदमा कमी, दुब्लाउँदै जाने लगायतका समस्या देखिन सक्ने भएकाले सचेत हुन उनिहरूले किसानहरूलाई आग्रह गरेका छन् । 
दैनिक मजदुरी गरेर गुजारा गर्दै आएका मजदुरहरु अत्यधिक चिसो भएपछि समस्या परेका छन् । यस्तै जाडो मौसम सुरु भएसंगै दाउराको कारोवार समेत बढेको छ ।
 

radio programs

View All
  • On air नेपाली चलचित्रका गीतहरु -by
  • up next थाहा सञ्चार समाचार -by