साझ ८ बजे पछि बाहिर नहिड्नु होस पर्काउ पर्नु होला ।

 
 
देवानन्द न्यौपाने, मंसिर २० लम्की / निर्बाचनको सुरक्षालाई मध्यनजर गदै कैलाली क्षेत्र नम्बर २ को सुरक्षा  ब्यवस्था अत्यन्तै कडा पारीएको छ । ईलाका प्रहरी कार्यालय लम्कीमा भएको आज सर्बदलिय सर्ब पक्षिय बैठकले नागरीकको स्वतन्त्र रुपले आफुले चाहेको उम्मेदावारलाई मतहाल्न पाउने अधिकारलाई सुनिश्चतताका लागि आज साझ ८ बजे देखि कुनै पनी राजनितिक दलका कार्यकताहरु ह्ुल तथा गु्रपमा हिडडुल गर्न पाउनेछैनन् ।
 
मतदातालाई  ललाउने फकाउने प्रलोभनमा पार्ने लगायतका कार्यमा संलग्न भएको पाइएमा तुरुन्त प्रहरीले गिरप्तार गर्ने छ । यसै विच यस क्षेत्रको सुरक्षा सम्बेदनशिलातालाई मध्यनजर गदै सुरक्षा रणनिति अनुसार तिनै सहका सुरक्षा कर्मिहरु परिचालीत भैसकेका छन । आज साझ ८ बजे पछि बिशेष काम बोक बाहिर हिडडुल नगर्न प्रहरीले सबै सर्ब साधारणमा अपिल गरेको छ । साथै यस क्षेत्रको ब्यापार ब्यावसाय र होटल सञ्चालकले साझ ८ बजे देखि बन्द गरी सहयोग गरी दिन इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक केशर न्यौपानेले सामुदायिक रेडियो पश्चिा आवाजलाई जानकारी दिनु भएको छ ।
 
साथै मदिरा सेवन तथा बेच विखनमा भोली साझ ७ बजे सम्मका लागि पुर्ण
रुपमा निषेध गरीएको छ । यो निर्णय संगै कैलाली निर्बाचन क्षेत्र नम्बर २ का राजनितिक दलहरुले निर्बाचन आचारसंहिताको पुर्ण रुपमा पालना गरेको समेत प्रत्याभुती भएको छ । गरीएको प्रतिबद्धता कार्यन्वयनको लागि सबै राजनितिकदलहरुले सहमति समेत गरेका छन ।
 

radio programs

View All
  • On air -by
  • up next रेडियो शुआरम्भ -by