बाल यौन दुर्व्यवहार विरुद्ध सडक नाटक प्रदर्शन

img-featured

रंग तिमिल्सैना लम्की/ मंसिर २५ कैलाली जिल्लाको जानकी गाउँ पालिकाको २ स्थानमा आज बाल यौन दुर्व्यवहार विरुद्ध सडक नाटक प्रदर्शन गरिएको छ । एभरेस्ट युवा क्लब पथरैयाको आयोजना तथा गुड नेवर्स इन्टरनेशनल नेपाल जिल्ला कैलालीको आर्थिक तथा प्राविधिक सहयोगमा नाटक प्रदर्शन गरिएको हो ।

बालबालिका माथि हुने दुर्ब्ववहार , रोक्नका लागि हामी जिम्मेवार भन्ने मुल नारा सहित आज जानकी गाउँ पालिकाको वड न. ६ धर्मापुरमा रहेको महेन्द्र शिशु मा. वि. र जानकी गाउँपालिका वडा न. १ दुर्गौलीमा रहेको सरस्वती मा. वि. मा उक्त सडक नाटक प्रदर्शन गरिएको एभरेस्ट युवा क्लबका सचिव सुवन्त्री रावतले जानकारी दिनु भएको छ । एभरेस्ट युवा क्लब पथरैयाको आयोजना तथा गुड नेवर्स इन्टरनेशनल नेपाल जिल्ला कैलालीको आर्थिक तथा प्राविधिक सहयोगमा आज सहित लम्कीचुहा नगरपालिका , टीकापुर नगरपालिका , बर्दगोरिया गाउँ पालिका र जानकी गाउँ पालिकाका १५ स्थानमा सडक नाटक प्रदर्शन गरिएको क्लबले जनाएको छ ।

 

radio programs

View All
  • On air -by
  • up next रेडियो शुआरम्भ -by