जोशीपुर गाउपालीका खुला दिशा मुक्त घोषणा

 
जोशीपुर पुस १४ / कैलालीको जोशीपुरगाउपालिका खुला दिसामुक्त क्षेत्र घोषणा भएको छ । जोशीपुर गाउपालिकामा रहेका  ६ हजार ८ सय ७१ घर धुरीमा शौचालय निर्माण भई प्रयोगमा आइ सरसफाइको सुचाङ्क पुरा गरेपछि  खुला दिसामुक्त गाउंपालिका घोषणा गरिएको हो । 
 
‘अर्काकोमा जानु भन्दा आफै बनाउ चर्पी घर आगन सफा गरौ, सफा राखौ धर्ती’ भन्ने नारा सहित खुला दिसामुक्त गाउपालिका घोषण गरिएको हो । गाउपालिकाका अध्यक्ष रामकृष्ण चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्रि जनकराज चौधरी रहनु भएको थियो । 
कार्यक्रममा बोल्दै राज्यमन्त्री चौधरीले गाउपालिकालाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरेर मात्र नहुने बताउंदै आगामी दिनमा यसलाई निरन्तरता दिन निती निर्माण गरेर अगाडी बढ्नु पर्ने बताउनु भयो । उहाले समृद्धि विकास र पर्यावरणको लागि  गाउपालिकास्तरमा कस्तो निति बनाउने भन्ने कुरामा बृहत रुपमा बहस र छलफल गर्नुपर्नेमा जोड दिनु भयो । 
जोशीपुरलाई  खुल्ला दिशा मुक्त क्षेत्र घोषण पश्चात अव धुलो धुवा मुक्त क्षेत्र घोषणाको लागि गाउँपालिकाकाले निति बनाएर  जानु पर्ने बताउनु भयो ।
 
गाउपालिका उपाध्यक्ष गिता कठरियाले स्वागत गर्नु भएको कार्यत्रममा दल बहादुर शाहले मन्तव्य राख्नु भएको थियो भने  ,सञ्चालन सेवक नेपालका सामाजिक परिचालक रमेश पाण्डे र कुसुम धामीले गर्नु भउको हो ।   कार्यक्रममा खुल्ला दिशा मुक्तको लागि  सहयोग गर्ने सबैलाई प्रशंसा पत्र दिई सम्मान गरिएको छ । कार्यक्रममा खुला दिसामुक्त सम्बन्धि सन्देशुलक तथा पहिचान झल्कने विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा यूनिसेफ नेपाल, सेवक नेपाल, वेश नेपाल र जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको आर्थिक भौतिक र अभियानात्मक सहित २० लाख ५६ हजार ४ सय ५० रुयैया सहयोगमा खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिएको हो ।  
 
 
 
 
 
 
 

radio programs

View All
  • On air नेपाली लोक गीतहरु -by
  • up next खबर संक्षेप -by