आयातित उत्पादन रोकेमात्रै स्थानीय उत्पादनले बजार पाउने प्रदेश सांसद रावलको भनाई

 
 
टीकापुर १४ पुस, /कर्णाली सिंचाई प्रणाली जल उपभोक्ता संस्था मुल समिती को १९ औं वार्षिक साधारण सभा टीकापुरमा भएको छ । वार्षिक साधारण सभामा कैलाली जिल्लाको क्षेत्र नं. १ ख तर्फका प्रदेश सभा सदस्य डा. रणबहादुर रावल प्रमुख अतिथी रहनुभएको थियो ।
प्रमुख अतिथी रावलले रानी, जमरा, कुलरिया मुल समितीद्धारा संचालित कृर्षि तर्फको कार्यक्रमले यहाँका किसानहरुलाई उत्पादनमुखी बनाएको भएपनि बाहिरबाट आयातित उत्पादनहरुले यहाँको उत्पादनलाई प्रतिस्थापन गरिरहेकाले यसलाई रोक्न आवश्यक रहेको बताउनुभएको छ । उहाँले ढुंगा, बालुवा निकासी र निर्माण भएका तटबन्धलाई ठाँउ ठाँउमा भत्काएकोले यसलाई रोक्नको लागी सम्पुर्ण समुदाय, मुल समिती लगायत सबैले पहल गर्नुपर्र्ने बताउनुभएको छ । 
साथै उहाँले रानी जमरा कुलरिया सिंचाई आयोजनाको दोस्रो फेजको कार्यक्रमबाट किसानहरुका बृहत्तर विकास हुने समेत बताउनुभयो । 
साधारण सभामा कैलाली क्षेत्र नं. २ क प्रदेश सभा सदस्य रतन थापाले अबको दिनमा मुल समितीले सिंचाईसंगै गुणस्तरिय बिउ तर्फ पनि ध्यान दिनुपर्ने र उत्पादन बृद्धि गर्न खेती प्रणालीलाई आधुनिकिकरण गर्नुपर्ने बताउनुभयो । 
जानकी गाँउपालिकाका प्रमुख प्रदिप कुमार चौधरीले स्थानिय स्तरमा उठेका समस्याहरुलाई स्थानिय निकायसंग सहकार्य गरेर जानुपर्ने बताउनुभयो । 
साधारण सभामा लम्की चुहाँ नगरपालिकाका अध्यक्ष महादेव बजगाँई, रानी जमरा कुलरिया सिंचाई आयोजनाका प्रमुख शुशिलचन्द आचार्य, राष्ट्रिय जल उपभोक्ता नेपाल महासंघ का अध्यक्ष जनाद्र्धन यादव, रानीकुलाका अध्यक्ष श्रीपाल चौधरी, जमराकुला का अध्यक्ष लालबिर चौधरी, कुलरिया कुलाका अध्यक्ष रविलालचौधरी लगायत किसानहरुको सहभागिता रहेको थियो । 
वार्षिक साधारण सभामा आर्थिक वर्ष २०७३/०७४को तिन लाख दुई हजार चार सय ३० रुपैया २६ पैसा बराबरको आय ब्यय सार्वजनिक गरिएको छ ।  
मुल समितीका अध्यक्ष कुमार राज शाहीको अध्यक्षतामा भएको कार्यक्मलाई समितीका उपाध्यक्ष दामोदर खड्काले स्वागत गर्नुभएको थियो भने कार्यक्रम संचालन समितीका सचिव परशुराम महतोले गर्नुभएको थियो । 
 

radio programs

View All
  • On air -by
  • up next रेडियो शुआरम्भ -by