नेपाल मगर सास्कृतिक संघ कैलाली उपाधि चुम्न सफल

 
 
 पदम ओझा, बौनिया पुस १६ / कैलालीको बौनियामा युवाहरुको योगदान स्थानिय कला र सस्कृतिको पहिचान भन्ने मुल नाराका साथ बृहत सेति लोकमार्ग जिल्ला व्यापी खुल्ला नृत्य प्रतियोगिता २०७४ सम्पन्न भएको छ ।  एडि युनिट्स डान्स एकेडेमिको सहकार्यमा आरडिएस डान्स क्रयुको आयोजनामा उक्त नृत्य प्रतियोगिता सम्पन्न भएको हो ।  
 
नृत्य प्रतियोगिता सयोजक अजय मल्लको सभावतित्वमा भएको कार्यक्रममा बर्दगोरिया गाउपालिका अध्यक्ष बलिराम चौधरी प्रमुख अतिथि रहनु भएको थियो ।
आरडिएस डान्स क्लबका सदस्य विपीन भण्डारीले  स्वागत गरेको कार्यक्रममा बर्दगोरिया गाउपालिका वडा नं. ३ का अध्यक्ष कर्ण सुनार, कैलाली उद्योग बाणिज्य संघका सदस्य शिवराज कुवर,बौनिया क्लबका अध्यक्ष प्रकाश साउद लगाएतकाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
 प्रतियोगितामा कैलाली जिल्लाका गाणेश डान्स एकेडेमि बौनिया, मदरल्याण्ड ई बो स्कुल भजनी,प्रतिभा कला केन्द्र जोसीपुर, नेपाल मगर संघ कैलाली, राष्ट्यि कलेज सुखड र बडिकाथाईका गरी ६ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगितामा नेपाल मगर सास्कृतिक संघ कैलाली,प्रथम हुदै उपाधि चुम्न सफल भएको छ । बडिकाथाई द्धितिय हुन सफल भएको छ भने प्रतिया कला केन्द्र जोसीपुर तृतिय र मदरल्याण्ड ई बो स्कुल भजनीले सान्तवना पुरस्कार हात पारेको छ ।
 नेपाल मगर सास्कृतिक संघ कैलालीले नगद १० हजार ट्फी,प्रमाणपत्र प्राप्त गरेको छ भने बडिकाथाई द्धितियहुदै  ५ हजार र प्रतिया कला केन्द्र जोसीपुर तृतिय हुदै २ हजार ५ सय ट्फी,प्रमाणपत्र प्राप्त गरेका छन । प्रतियोगितामा आधुनिक गाएक भरत ताम्राकार र हास्य कलाकार दिपेन्द्र ओलीका साथै स्थानिय कलाकारहरुको प्रस्तुती रहेको थियो ।  राजेन्द्र रावलले सञ्चालन गरेको कार्यक्रममा नृत्य प्रतियोगितालाई सफल पार्न सहयोग गर्ने सहयोगी हातहरुलाई सम्मान गरिएको थियो । नृत्य प्रतियोगिता बसन्त मुरारीको प्राङगणमा भएको थियो ।
 

radio programs

View All
  • On air -by
  • up next रेडियो शुआरम्भ -by