हिन्दू परिषद नेपालको केन्द्रिय अध्यक्षमा संतोष पटेल चयन

 
 
पुस १६ बीरगञ्ज सम्बाददाता / हिन्दू परिषद नेपाल केन्द्रिय समितिको विशेष बैठक बीरगंजमा सम्पन्न भएको छ । संस्थाको संस्थापक केन्द्रिय संयोजक पडित पुरुषोत्तम दुबेको सभापतित्वमा सम्पन्न बैठकले हिन्दू परिषद नेपालको केन्द्रिय अध्यक्षमा सर्वसहमतिले संतोष पटेललाई चयन गरेको छ । नवनिर्वा्चित अध्यक्ष पटेलले बैठकमा आफ्नो धारणा राख्दै हिन्दू जागरण एवं संगठन विस्तारको कार्यमा विशेष जोड दिने बताएका थिए । 
 
नेपालमा विभिन्न बहानामा हिन्दूहरु एवं हिन्दुका आस्थाका केन्द्रमाथि हुने अन्याय अत्यचारको भण्डाफोर गर्ने बताउनु भयो । पटेलले नेपाल हिन्दू राष्ट्र भएको एक मात्र मुलुक भएको र विश्वभरिका हिन्दूहरुको ठुलो आस्थाको केन्द्र नेपाल नै भएकोले नेताहरुले जनताको भावना विपरित नेपाललाई धर्म्निरपेक्ष गरेकोमा आपत्ति जनाएका थिए । 
 
कार्यक्रममा आफ्नो धारणा राख्दै संस्थापक संयोजक पुरुषोत्तम दुबेले अबको युग युवाहरुको भएकोले हिन्दु परिषद नेपालको नेतत्व संतोष पटेललाई दिएको बताउदै अगामी दिनमा नेपालमै हिन्दु परिषद एउटा शक्तिको रुपमा उदय हुने आफ्नो विश्वस्त रहेको बताएका थिए । बैठकमा हिन्दु परिषद नेपालका केन्द्रिय सचिव विनोद चौरसिया, कोषाध्यक्ष मीनु ठाकुर, केन्द्रिय सदस्यहरु भुपेन्द्र पौडेल, लालबाबु पटेल, रामेश्वर प्रसाद गुप्ता, सुरेश साह कानु, नारायणी अञ्चल संयोजक धर्मेन्द्र पटेल, सचिव हरेन्द्र पटेल, महिला संगठन संयोजक गोमा उपाध्याय, पर्सा जिल्ला वरिष्ठ उपाध्यक्ष डा। अनिल झा, उपाध्यक्ष राजकुमार मिश्रा, सचिव घनश्याम सापकोटा, कोषाध्यक्ष उदयकान्त झा, हिन्दुवादी अगुवाहरु विजय गुप्ता, संजय सर्राफ, राजेश सर्राफ, सच्चिदानन्द दुबेको बैठकमा उपस्थिति रहेको थियो । हिन्दू परिषद नेपालको केन्द्रिय अध्यक्षमा चयन भएका पटेल पे्रस मञ्च नेपालका केन्द्रिय अध्यक्ष समेत रहेका छन् ।
 

radio programs

View All
  • On air नेपाली सदाबहार गीतहरु -by Non Stop songs
  • up next पुराना हिन्दी गीतहरु -by