निङलासैनी गुरुकुल संस्कृत विद्यापिठकोे तेस्रो वार्षिकोत्सव

 
 धनगढी, पुस १६ / कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्वर १३ मा रहेको निङलासैनी गुरुकुल संस्कृत विद्यापिठकोे तेस्रो वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाईएको छ । शनीबार तेस्रो वार्षिकोत्सव एवम् दानदाताहरुलाई सम्मान सहितका कार्यक्रम गरी वार्षिकोत्सव मनाईएको हो । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष सीताराम अवस्थीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा कार्यालय कैलालीका विद्यालय निरीक्षक प्रताप धामी रहनु भएको थियो । वार्षिक प्रतिवेदन प्रस्तुत, स्वागत थायन, भजन कृतन, पुरस्कार वितरण लगायतका कार्यक्रमहरु आयोजना गरिएको विद्याश्रमका प्राधानाध्यापक तथा कार्यक्रमका सञ्चालक खगेन्द्र अवस्थीले जानकारी दिनुभयो । 
कार्यक्रममा सुदुरपश्चिम यातायातका महासचिव रविन्द्र वोहोरा, वडा नम्वर १३ का वडा अध्यक्ष विजयराज जोशी, भागवत आचार्य, देवेन्द्र भट्ट लगायतले विद्यालयलाई आगामी दिनमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । वार्षिकोत्सवमा विद्याश्रम सञ्चालनमा सहयोग गर्नेहरुलाई सम्मान समेत गरिएको थियो । विगत दिन वर्षदेखि निङलासैनी गुरुकुल संस्कृत विद्यापिठले संस्कृतिको पठनपाठन निशुल्क दिदै आएको छ । 
 

radio programs

View All
  • On air नेपाली लोक गीतहरु -by
  • up next खबर संक्षेप -by