धनगढीमा एक लाख १५ हजार नगद पुरस्कारको व्याटमिन्टन प्रतियोगिता हुने ।

img-featured

 
 
धनगढी पुस १६ / धनगढीमा एक लाख १५ हजार नगद पुरस्कारको व्याटमिन्टन प्रतियोगिता हुने भएको छ । धनगढीमा रहेको शुभश्री प्यालेसको आयोजनामा शुभश्री प्यालेस व्याटमिन्टन प्रतियोगिता पुस २७ गतेदेखि २९ गतेसम्म धनगढीमा हुन लागेको हो । शनीबार आयोजकले धनगढीमा पत्रकार सम्मेलन गर्दै विभिन्न तीन विधामा व्याटमिन्टन प्रतियोगिता हुने जानकारी दिएको छ । 
भेट्रान र १७ वर्ष मुनिका छात्र र छात्रा गरी तीन विधामा व्याटमिन्टन प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता आयोजना गर्नका लागि कैलाली जिल्ला व्याटमिन्टन संघले सहयोग गर्ने व्याटमिन्टन प्रशिक्षक मेघराज कठायतले जानकारी दिए । 
भेट्रान तर्फ ३५ वर्षभन्दा माथिका खेलाडीहरुले भाग लिन पाउनेछन । भेट्रान तर्फ प्रथम हुनेले नगद ५१ हजार द्धितीय हुनेले नगद २५ हजार र तृतीय हुने दुई जनाले नगद १०÷१० हजार पुरस्कार पाउनेछन । यस्तै १७ वर्ष मुनिको छात्र र छात्रा तर्फ पनि प्रथमलाई नगद ५ हजार एक सय, द्धितीयलाई दुई हजार ५ सय र तृतीय हुने दुई जनालाई एक÷एक हजार नगद पुरस्कार दिईने प्रतियोगिताका संयोजक रोशन सिंहले जानकारी दिए । भेट्रान तर्फ ९६ हजार, १७ वर्ष मुनिको छात्र तर्फ नौ हजार ६ सय र १७ वर्ष मुनिको छात्रा तर्फ नौ हजार ६ सय गरी एक लाख १५ हजार दुई सय रुपैया नगद पुरस्कार दिईने संयोजक सिंहले वताए ।    
भेट्रान तर्फका खेलाडीहरुवाट रेजिष्ट्रेशन शुल्क लिने र १७ वर्ष मुनिका खेलाडीहरुलाई निशुल्क रुपमा प्रतियोगिता खेल्ने व्यवस्था मिलाईएको छ । उमेर समुहका खेलाडीहरुका लागि आवास र खानाको पनि व्यवस्था आयोजकले नै मिलाउने भएका छ । प्रतियोगितालाई अव वर्षेनी आयोजना गर्ने र पुरस्कार राशी पनि वढाउँदै लैजाने शुभश्री प्यालेसका सञ्चालक कविन्द्र पन्तिले वताए । 
 

 

radio programs

View All
  • On air -by
  • up next रेडियो शुआरम्भ -by