सगरमाथा ग्रामिण विद्युत सहकारी संस्थाको साधारण सभा समपन्न।

img-featured

 
 
देवानन्द न्यौपाने लम्की कैलाली पुस १६ / कैलालीको लम्कीचुहा नगरपालिका १ थपालीपुरमा रहेको सगरमाथा ग्रामिण विद्युत सहकारी संस्थाको ११ औं बार्षिक साधारण सभा शनीबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कालिबहादुर शाहीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाई रहनु भएको थियो । भने विशिष्ठ अतिथीमा लम्कीचुहा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष जनक बहादुर बम र राष्ट्रिय  सहकारी संघ कैलालीका राष्ट्रिय प्रतिनिधि तथा सामुदायिक रेडियो पश्चिम अवाजका सल्लाहाकार संयोजका समाजसेवि खडानन्द सापकोटा रहनु भएको थियो ।
 
 
 
 संस्थाका सदस्य महारुद्ध न्यौपानेको स्वागत मन्तब्य संगै शुरु भएको कार्यक्रममा समाजसेवि केशवराज बजगाई, रविलाल शर्मा कडेल लगायतकाले बोल्नु भएको थियो । संस्थाका आन्तरीक लेखा समितिका सदस्य जय शंकर न्यौपानेले संस्थाको आर्थिक बर्ष २०७३÷०७४ को १६ लाख १ हजार ७ सय ६१ रुपैया बराबरको आयब्य प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव दिल्ली प्रसाद जैशीले गर्नु भएको थियो ।
 
 
 
यसैबिच लम्कीचुहा नगरपालिकाका प्रमुख महादेव बजगाइले यस क्षेत्रको विकासको लागि आफु प्रतिबद्ध रहेको बताउनु भएको छ । सगरमाथा ग्रामिण विद्युत सहकारी संस्था थपालीपुरको ११ औं बार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा बाल्दै प्रमुख बजगाईले सगरमाथा ग्रामिण विद्युत सहकारीले कृर्षि क्षेत्रमा लगानी गरे आफुले कृषकका लागि चाहिने पानी मोटरको ब्यवस्था नगरपालिकाले गरी दिने बताउनु भएको छ ।
 
 
 
कार्यक्रममा बोल्दै नगर प्रमुख बजगाइले नगर भित्र रहेका  सडक विस्तार नगर बासिहरुकै मागलाई मध्यनजर गदै अगाडि बढाएको बताउदै अब विस्तारै बाटाहरु ग्राबेल र कालो पत्रे गरीदै लगिने बताउनु भयो ।
 
 
 
नगर प्रमुखले नगरमा रहेको नदी कटानको समस्या अब समाधान हुने तर्फ नगरपालिका उन्मुख भएको बताउदै नगर भित्र बग्ने मुख्य ५ वटा नदिको तटबन्धन अब सुरु गरीने तयारी भैरहेको बताउनु भएको थियो । 
 
 
 
कार्यक्रममा बोल्दै वडा नम्बर १ का वडा अध्यक्ष जनक बमले सगरमाथा ग्रामिण विद्युत सहकारीले गरी रहेको कामको प्रसंशा गदै आफ्नो तर्फ बाट हुन सक्ने सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।
 
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष कालिबहादुर शाहीले संस्था अब विजुल्ली बाल्नका लागि मात्र नभएर शेयर सदस्यको जिवन स्तर उकास्नका लागि कृर्षिमा लगानी गरी आय आर्जनमा बृद्धि गराउने तर्फ उन्मुख हुने बताउनु भएको थियो ।
 
 
 

radio programs

View All
  • On air थारु भाषाका गीतहरु -by
  • up next थाहा सञ्चार समाचार -by