सर्वाधिक राशीको नेपाल आईस खप्तड गोल्डकप शुक्रवारदेखि

img-featured

 
धनगढी कैलाली, १९ पुस / फटवलमा सवैभन्दा वढी धनराशी भएको फुटवल प्रतियोगिता धनगढी रंगशालामा शुक्रवारदेखि सुरु हुँदैछ । निजि क्षेत्रको सर्वाधिक धनराशी पुरस्कार भएको ‘नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिता—२०७४‘ शुक्रवारदेखि धनगढी रंगशालामा सुरु हुन लागेको हो । आवश्यक सवै तयारी सकिएको विहीवार धनगढीमा पत्रकार सम्मेलन गर्दै आयोजकले जनाकारी दिएको छ । 
 
दिउँसो १ वजे धनगढीको क्षेत्रीय रंगशालामा प्रधानमन्त्री पत्नी तथा कैलाली क्षेत्र नम्वर ५ वाट नेपाली काग्रेंसको तर्फवाट प्रतिनिधि सभामा उम्मेदवार वनेकी डाक्टर आरजु राणा देउवाले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । औपचारिक रुपमा उद्घाटन कार्यक्रमसँगै प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लव र काठमाण्डौको ए डिभिजन क्लव च्यासल युथ क्लव वीच प्रतिस्पर्धा हुनेछ । दुवै टोली विचको खल रोमाञ्चलक हुने अपेक्षा गरिएको छ । दुवै टोलीमा विदेशी खेलाडीहरुको साथमा राष्ट्रिय खेलाडीहरुको वाहुल्यता रहेकोले उत्कृष्ट खेलको आशा खेलकर्मीले गरेका छन । 
 
माघ १ गतेसम्म आयोजना हुने दोस्रो संस्करणको अन्तराष्ट्रिय आमन्त्रित नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको सवै तयारी सकिएको आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लवका अध्यक्ष सुरेश हमालले जानकारी दिनुभयो । प्रतियोगिताको पुर्वसन्ध्यामा धनगढी रंगशालामा आयोजना गरिएको पत्रकार सम्मेलनमा सवै तयारी सकिएको जानकारी आयोजकले दिएको हो । प्रतियोगिताका आवश्यक सवै तयारी सकिएर प्रतियोगिता उद्घाटनको तयारीमा वसेको प्रतियोगिताका संयोजक धुव्र भट्टराईले वताउनुभयो । 
 
खेल हुने धनगढी रंगशालालाई सजाईएको छ भने चारैतिर व्यानर सहितका प्रायोजकहरुका वोर्डले घेरेर राखिएको छ । मैदानमा सिंचाई गर्दै सम्याउने काम सकिएर अन्तराष्ट्रिय स्तरको वनाईएको आयोजक क्लवका उपाध्यक्ष योगेन्द्र चन्दले जानकारी दिनुभयो । 
 
झण्डै ३ हजार ५ सय दर्शक क्षमताका दुई वटा प्याराफिट रहेको अवस्थामा फुटवलमा पहिलो पटक कृत्रिम अस्थायी प्याराफिट निर्माण गरिएको छ । झण्डै १५ सय दर्शक क्षमताको कृत्रिम प्याराफिट निर्माण गरी दर्शकहरुलाई फुटवल खेलको मज्जा लिने व्यवस्था मिलाईएको छ । मैदानको चारैतिर अस्थायी कृत्रिम प्यारासफिट वनाएर आनन्द रुपमा खेल हेर्ने व्यवस्था मिलाईएको सुदुरपश्चिम ११ स्पोर्टस क्लवका महासचिव प्रकाश शाहीले वताउनुभयो । 
 
प्रतियोगितामा नेपालका चर्चित फुटबल क्लब मनाङ मस्र्याङ्दी, संकटा, त्रिभुवन आर्मी, झापा ११, साहारा क्लब पोखरा, अग्नी रुपन्देही ११, सुदूरपश्चिम ११, धरान फुटबल क्लब, एपिएफ क्लब, काठमाडौं, डुक स्टार क्लब भुटान, च्यासल युथ क्लब, र थ्री स्टर क्लब गरी १२ वटा एडिभिजन क्लबले प्रतिष्पर्धामा सहभागिता जनाउने भएका छन् । सहभागी टोलीहरुलाई दुई समुहमा विभाजन गरेर खेल खेलाईनेछ । जसमा एक समुहमा रहेका दुई दुई गरी चार टोलीले सिधैं क्वाटरफाईनलमा स्थान वनाएका छन । 
 
प्रतियोगिताको दोस्रो संस्करणका बिजेतालाई ११ लाख ११ हजार १११, उप बिजेतालाई पाँच लाख ५५ हजार ५५५ ट्रफी मेडल सहितको पुरस्कार प्रदान गरिने छ । यस्तै बिभिन्न बिधाका उत्कृष्टहरुलाई १५÷ १५हजारका दरले र खेल अवधिभरको उत्कृष्ट एक जना खेलाडीलाई मोटरसाईकल पुरस्कार प्रदान गरिने प्रतियोगिताका प्रवक्ता ओम चन्दले जानकारी दिनुभयो । 
प्रत्येक खेलका म्यान अफ दि म्याचलाई १०÷१० हजारका दरले पुरस्कार प्रदान गरिनेछ । 
प्रतियोगितामा टिकट काटेर खेल हेर्न जाने दर्शकहरुलाई प्रत्येक दिन गोलाप्रथाद्धारा मोवाईल प्रदान गरिने भएको छ । प्रतियोगिताको मुख्य प्रायोजक सिजी ग्रुपको नेपाल आईस ब्राण्ड र सह प्रायोजकमा नेपाल टेलिकम र जगदम्वा पाईप रहेको छ । 
 

radio programs

View All
  • On air नेपाली आधुनिक गीतहरु -by
  • up next पुराना हिन्दी गीतहरु -by