लम्कीका किसान द्धारा सड्कमा दुध ढोलेर विरोध ।

img-featured

 
देवान्द न्यौपाने कैलाली लम्की पुस २४ / चिसो मौषममा दुधको खपत नभएको भन्दै दुग्द्य विकास संस्थानले दुध लिन छोडपछि किसानहरुले आज लम्कीको सड्कमै दुध पोखेका छन । कार्तिक १५ गते यता नियमित रुपमा कैलालीको लम्कीमा रहेको दुग्द्य विकास संस्थान लम्की दुध चिस्याउने केन्द्रले किसान र दुध डेरीहरुले संकलन गरेको दुध लिन छोडेको स्थानिय किसानको गुनासो छ । दुग्ध विकास संस्थानले कमिसनको आधारमा दुध लिने गरेको भन्दै स्थानिय डेरी ब्यावसायिहरुले आरोप लगायका छन । सिमित मात्रामा स्थानिय बजारमा दुध खपत भएपनी यस क्षेत्रको दुध दुग्द्य विकास संस्थानले ब्यावस्थापन गर्न नसक्दा किसान मर्कामा परेका हुन । 
डेरी ब्यावसायिहरुको दुध, दुग्द्य संस्थानले नलिदा स्थानिय किसानको दुध समेत डेरी ब्यावसायिहरुले लिन मानेका छैनन् । बैंक तथा वितिय संस्थाबाट कर्जा लिई भैसिपालन गरी रहेका किसानहरु दुध बिक्रि हुन छाडेपछि कसरी बैकको ब्याज र किस्ता दिने भन्दै  चिन्तीत भएका छन । स्थानिय किसानले दुग्द्य विकास संस्थान र सरकारको ध्यानाकर्षण गराउन आज लम्की चौराहामा ५० लीटर बढी दुध ढोलेर सांकेतिक विरोध गरेका छन । 
 
आफुहरुले दुग्द्य संस्थान संग पटक पटक आग्रह गर्दा समेत दुध,  दुग्द्य बिकास संस्थानले लिन नमानेको स्थानिय डेरी ब्यावसायिको आरोप छ ।
 
दुग्द्य विकास संस्थानको लम्की चिस्यान केन्द्रका प्रमुख किरन गिरीले आफु संग दुध ढुवानी गर्ने ट्याकरको अभावका कारण दुग्ध किसान र डेरी ब्यावसायिको दुध  करीब ३/४ दिन देखि लिन नसकेको स्वीकार गर्नु भएको छ ।
 
लम्कीमा रहेको दुग्द्य विकास संस्थानको दुध चिस्यान केन्द्रमा दैनिक एक हजार लिटर राख्न क्षमता भएपनी ३ दिन देखि दुध ढुवानी हुन नसक्दा ३ हजार ५ सय लिटर दुध मौज्दात रहेको छ । कैलालीमा संस्थान संग दुध ढुवानी गर्न एक मात्र ट्याड्ढकर रहेको र दुध लिएर पोखरा गएको तिन दिन सम्म पनी नफकर्दा समस्या भएको संस्थानका  लम्की चिस्यान केन्द्रका प्रमुख किरन गिरीले बताउनु भएको छ ।
 

radio programs

View All
  • On air खबर संक्षेप -by
  • up next ईन्द्रेणी ( रेडियो काठमाण्डौ ) -by