बल्चौरमा रहेको बादी बस्तीमा न्यानो लुगा वितरण

img-featured

 

 

युवराज न्यौपाने लम्की,पौष २६

लम्कीमा रहेका लायन्स तथा लियो क्लबको संयुक्त पहलमा आज बल्चौरमा रहेको बादी बस्तीमा न्यानो लुगा वितरण गरिएको छ । लगातार बढदै गएको चिसोका कारण बादी बस्तीका महिला तथा बालबलिकाको जनजिवन निकै कष्टकर बन्दै गएपछि न्यानो लुगा वितरण गरिएको हो । आज एक कार्यक्रमको अयोजना गरी बडौं न्यानो माया कार्यक्रम अन्र्तगत बादी बस्तमिा बसोबास गर्दै आएका ९१ घर परिवारलाई ज्याकेट,ट्राउजर,पाईन्ट र स्वेटर लगायतका लत्ताकपडा वितरण गरिएको लाइन्स क्लब ३३२ बि टु नेपालका जोन चियर पर्सन दिपक कुमार तिमिल्सेनाले जानकारी दिनुभयो । साथै बल्चौर अनाथ आश्रममा बस्दै आएका ८ जना बालबालिकालाई समेत न्यानो लुगा वितरण गरिएको छ । विदेशमा बस्दै आएका केही नेपालीहरुको सहयोग र लाइन्स सदस्यहरुले रकम संकलन गरी यस क्षेत्रको अति विपन्न बादी बस्तीमा न्यानो कपडा वितरण गरिएको राहत वितरणका कार्यक्रम संयोजक घनश्याम डागीले जानकारी दिनुभयो । बल्चौरमा भएको राहत वितरण कार्यक्रम लायन्स क्लबका पुर्व अध्यक्ष डाक्टर छबीलाल जोशीको सभापतित्वमा तथा लम्कीचुहा नगरपालिकाका उपमेयर टिका थापा प्रमुख अतिथी रहनुभएको थियो । कार्यक्रममा लायन्स क्लबका पुर्व अध्यक्ष दिपक कुमार तिमिल्सेना,डिल्ली प्रसाद गड्तोल,खडानन्द सपकोटा,क्रेटीभका अध्यक्ष कमला ओली, लियो क्लबका पुर्व अध्यक्ष घनश्याम डागी लगायतकाले बोल्नुभएको थियो । लायन्स तथा लियो क्लबहरुले यस क्षेत्रमा विभिन्न सामाजिक कार्य गर्दै आएका छन ।

radio programs

View All
  • On air थारु भाषाका गीतहरु -by
  • up next थाहा सञ्चार समाचार -by