भुरुवामा बृहत कृर्षि हाट बजार तथा ब्यापार मेला २०७४ को आयोजना गरीने ।

img-featured

 
 
देवानन्द न्यौपाने लम्की कैलाली लम्की माघ २० / कैलालीको लम्कीचुहा नगरपालिका १ भुरुवामा बृहत कृर्षि हाट बजार तथा ब्यापार मेला २०७४ को आयोजना गरीने भएको छ । स्थानिय बस्तुको उत्पादन र बजारीकरणका लागि सामाजिक एकिकरण, सवारी दुर्घटना न्युनिकरणकालागि गाउँ नगर सु—ब्यावस्थीत सहरीकरण भन्ने मुल नाराका थान यहि फागुन १ गते देखि ७ गते सम्म भुरुवामा मेलाको आयोजना गरीएको आयोजक नमुना समाज विकास मञ्च भुरुवाले लम्कीमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी जानकारी दिएको हो । पछिल्लो समयमा राजमार्ग केन्द्रीत भैरहेको लम्कीचुहाको ब्यापारीकरण र विकासलाई नगरको कुना कापचा सम्म लैजाने उद्देश्यका साथ आयोजना गरीने मेलामा सड्क दुर्घटना न्युनिकरणको लागि हिड्न सिकौ अभियानलाई प्राथमिकतामा राखिने मञ्चका अध्यक्ष पुर्णप्रसाद जैशी देवकोटाले जानकारी दिनु भयो ।
 
 फागुन १ गते देखि ७ गते सम्म आयोजना गरीने मेलामा स्थानीयले उत्पादन गरेका कृर्षि जन्य पदार्थको प्रर्दशनी, पशु हाटबजार, मनोरञ्जनको लागि राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुतिका साथै बिभिन्न जनचेतना मुलक कार्यक्रमको पनी कार्यक्रममा प्रस्तुति तथा प्रर्दशनी रहने मञ्चका उपाध्यक्ष धर्मराज सञ्याल धुर्बले जानकारी दिनु भयो । 
 
कार्यक्रमको बारेमा जानकारी गराउदै मञ्चका सचिव मोतिप्रसाद जैशीले पछिल्लो समयमा बढ्दै गैरहेको सड्क दुर्घटना, दुब्र्यसनिी मुक्त समाजका साथै सांसकारी समाज, सभ्य समाजको निमार्णको लागि मञ्चको गठन भए संगै यो पहिलो कार्यक्रम भएको बताउनु भयो । मञ्चले समाज रुपान्तरणको लागि अब निरन्तर बिभिन्न जनचेतनामुलक तथा विकास मुलक कार्यक्रम गदै जाने त्यसमा स्थानिय, प्रदेश र केन्द्र सरकारको सहयोग र साथ आवश्यक रहेको बताउनु भएको थियो ।
मञ्चका अध्यक्ष पुर्णप्रसाद जैशी देवकोटाको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रमका प्रमुख अतीथी प्रदेश सांसद रतन थापा रहनु भएको थियो । भने कार्यक्रमको बिशिष्टि अतिथी लम्कीचुहा नगरपालिकाका उप प्रमुख टीका थापा रहनु भएको थियो । मञ्चका उपाध्यक्ष धर्मराज सञ्याल धुर्बको स्वागत मन्तब्य संगै शुरु भएको कार्यक्रममा लम्कीचुहा नगरपालीका वडा नम्बर १ का वडा अध्यक्ष जनक बहादुर बम, लम्कीचुहा उद्योग बाणिज्य संघका अध्यक्ष पदमराज चौलागाई, लम्की जेसिजका अध्यक्ष रामबहादुर बोगटी, महा सचिव ललित देउवा, इलाका प्रहरी कार्यालयका प्रतिनिधि, ट्राफिक प्रहरी कार्यालय लम्कीका प्रमुख शोभानसिंह कार्कि लगायतकाले कार्यक्रममा आफ्नाा सुझाव प्रतिक्रिया राखेका थिए ।
 

radio programs

View All
  • On air -by
  • up next रेडियो शुआरम्भ -by