बृहत कृर्षि हाट बजार तथा ब्यापार मेला २०७४ शुरु

img-featured

 
देवानन्द न्यौपाने लम्की फागुन १ / कैलालीको  लम्कीचुहा १ भुरुवामा आज देखि बृहत कृर्षि हाट बजार तथा ब्यापार मेला २०७४ शुरु भएको छ । सथानिय बस्तुको उत्पादन र बजारीकरणका लागि ब्यापारमा विविधिकरण, सवारी दुर्घटना न्यसनिकरणका लागि गाउ नगर सु–ब्यवस्थीतकरण भन्ने मुल नाराका साथ शुरु भएको मेला फागुन ७ गते सम्म सञ्चालन गरीने मेला मुल आयोजक समितिका संयोजक पुर्ण प्रसाद जैशीले जानकारी दिनु भएको छ । मेलामा स्थानिय उत्पादित बस्तुको प्रर्बधनमा जोड दिनुका साथै प्रदर्खशनी गरीने बताइएको छ । मेला अवधिभर स्थानिय तथा राष्ट्रिय कलाकारको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ । मेला अवलोकनको लागि निशुल्क गरीने आयोजकले जनाएको छ ।
 
 नमुना समाज विकास मञ्चको आयोजनामा भएको कार्यक्रमको एक समारोहका विच राष्ट्रिय सभाका सदस्य कमला ओली, प्रदेश सांसद रतन बहादुर थापा, जिल्ला संमन्वय समिति कैलालीका संयोजक सुर्य बहादुर  थापा, लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाई  लगायतका जन प्रतिनिधिहरुले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो । कार्यक्रममा  बोल्दै राष्ट्रिय सभाकी सदस्य कमला ओलीले यस क्षेत्रको कृर्षि उत्पादनको लागि किसानलाई प्रोत्साहन हुने खालका कार्यक्रम ल्याउनु पर्नेमा जोड दिनु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रदेश सांसद रतन बहादुर थापाले प्रदेश नम्बर ७ को कैलाली जिल्ला उर्बर भुमि भएको बताउदै जिल्ला बासिले अब कृर्षिमा आत्म निर्भर बन्नु पर्ने बताउनु भयो । अब बन्ने सरकारे सबै भन्दा बढी कृर्षि क्षेत्रमा लगानी गर्ने बताउदै आफुले समेत किसानको हक हितको लागि गर्न सक्ने कामको लागि पछि नसर्ने बताउनु भयो । साथै पछिल्लो समयमा यस क्षेत्रमा बढदै गएको सवारी दुर्घटना न्युनिकरणको लागि छिट्टै पहल चालिने बताउनु भयो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति कैलालीका संयोजक सुर्य बहादुर थापाले नेपाल कृर्षि प्रधान देश भएपनी कृर्षिमा नेपाली पर र्निभर रहनु परेको बताउदै अब त्यस्तो नहुने आफुले विश्वास लिएको बताउनु भयो । कैलाली जिल्लालाई कृर्षिमा पुर्णरुपमा आत्म निर्भर बनाउन आफुले सक्दो प्रयास गर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईले नगर पलिकामा आफुले पहिलो चरणमा कृर्षि सड्क बनाउने काम अन्तीम चरणमा पुगेको बताउदै आउदो वर्ष देखि कृर्षिकार्य गर्नको लागि नगरपालिकाले नगरबासिलाई सबै भन्दा बढी लगानी गर्ने बताउनु भयो । 
नमुना समाज विकास मञ्चका उपाध्यक्ष धुर्बराज सञ्यालको स्वागत मन्तब्य संगै शुरु भएको कार्यक्रममा लम्कीचुहाका उप प्रमुख टीका थापा, वडा नम्बर १ का वडा अध्यक्ष जनक बहादुर वम, लम्कीचुहा उद्योग वाणिज्य संघका अध्यक्ष पदम चौगाई, कर्णाली रिभर साईड यातायातका उपाध्यक्ष जनक बहादुर शाही लगायतकाले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा २ जना कृर्षकलाई सम्मान समेत गरीएको थियो । कार्यक्रममा सथानिय तथा राष्ट्रिय कलाकारले आफनो प्रस्तुती समेत राखेका थिए । नमुना समाज विकास मञ्च तथा मेला मुल आयोजक समितिका संयोजक पुर्ण प्रसाद बजगाईको अध्यक्षतामा शुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव मोति प्रसाद जैशीले गर्नु भएको थियो ।
 

radio programs

View All
  • On air थाहा सञ्चार समाचार -by
  • up next हिन्दी गीतहरु -by