फागुन महिना भित्र खुल्ला दिसामुक्त जिल्ला घोषणा गरीने ।

 
देवानन्द न्यौपाने लम्की कैलाली फागुन २ / कैलाली जिल्लालाई फागुन महिना भित्र खुल्ला दिसामुक्त जिल्ला घोषणा गरीने भएको छ । जिल्लाका १३ वटै स्थानियतह खुल्ला दिसा मुक्त क्षेत्र घोषणा भै सकेको अवस्थामा जिल्लालाई खुल्ला दिसामुक्त घोषणाको लागि तयारी तिब्र भैरहेको जनाइएको छ । अहिले खुल्ला दिसामुक्त घोषणा भएका स्थानियतहहरुको जिल्ला स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले अनुगमन गर्ने, सौचालय प्रयोगमा नआएका समुदायमा सम्बन्धीत स्थानियतहलाई बनाउनको लागि ताकेत गर्ने लगायतका काम भैरहेको डिभिजन खानेपानी तथा सरसफाई कार्यालय धनगढीका प्राबिधिक इञ्जीनियिर दलबहादुर शाहले बताउनु भएको छ ।
 
 जिल्लालाई खुल्ला दिसा मुक्त जिल्ला घोषणाको लागि आज जिल्ला स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले १२ वटा स्थानिय तहमा खानेपानी तथा सरसफाईको क्षेत्रमा भैरहेको प्रगतिको बारेमा अनुगमन समेत गरेको छ । 
 
अनुगमनको क्रममा अधिकाशं ठाउमा निमार्ण भएका सौचालय प्रयोगमा  आई रहेका देखिएको संयुक्त  अनुगमन समितिका सदस्य  तथा  डिभिजन खानेपानी तथा सरसफाई कार्यालय धनगढीका प्राबिधिक इञ्जीनियिर दलबहादुर शाहले बताउनुद भयो । केहि स्थानियतहका विपन्न तथा सुकुम्बासि, मुक्तकमैया शिविर र बादी समुदायको शिविरमा संयुक्त सौचालय प्रयोगमा ल्याइएको र कोहि नया बसाई सराईको कारणले तत्काल सौचालय निमार्ण नगरेका स्थानिलाई बनाउन ताकेता गरेको बताउनु भयो । 
 
 जिल्ला स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको संयुक्त अनुगमन टोललीले आज जिल्लाको धनगढी उपमहानगरपालिका, गोदावरी, भजनी, गौरीगंगा, टीकापुर, लम्कीचुहा नगरपालिका, कैलारी, जानकी, जोशीपुर, बर्दगोरीया, मोहोन्याल गाउपालीकामा २ वटा समुह बनाई  अनुगमन गरीएको डिभिजन खानेपानी तथा सरसफाई कार्यालय धनगढीका प्राबिधिक इञ्जीनियिर दलबहादुर शाहले बताउनु भएको छ । 
 

radio programs

View All
  • On air नेपाली चलचित्रका गीतहरु -by
  • up next थाहा सञ्चार समाचार -by