समुदायमा विपद् उद्दार उपकरण हस्तान्तरण ।

img-featured

 
देवानन्द न्यौपाने लम्की कैलाली फागुन २ / समुदायको  विपद् प्रतिकार्यका लागि सामुदायिक पहल परियोजनाले आज कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ मा समुदायमा विपद् उद्दार उपकरण हस्तान्तरण गरेको छ । नेपाल रेक्रस सोसाईटी कैलाली जिल्ला शाखा द्धारा सञ्चालित समुदायको विपद् प्रतिकार्यका लागि समुदायमा पहल परियोजनाका परियोजना प्रमुख खगेन्द्रराज जोशीले लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भक्तबहादुर चलाउने र नेपाल रेडक्रस सोसाईटी बलिया उपशाखाका सभापति रंगप्रसाद तिमिल्सैनालाई संयुक्त रुपमा करीब ७५ हजार रुपैया बराबरको प्रकोप उद्दार सामग्री हस्तान्तरण गरेको हो ।
 
परियोजना सञ्चालित लम्कीचुहा नगरपािलका वडा नम्बर ३ मा प्रकोप परेको बेला तत्काल उद्दार गर्नको लागि वडाका तालिम प्राप्त १२ जना सामाजिक उद्दारकर्ताका लागि विपद् जोखिमको समय आवश्यक पर्ने बेल्चा, आगो निभाउने ग्यास सिलिण्डर, पल्लाष्टीकका टोपि, डोरी, लाईभ ज्याकेट स्टेचर लगायतका सामाग्री रहेको परियोजना संयोजक खगेन्द्रराज जोशीले बताउनु भएको छ ।
 
बाढी र डुवानको उच्च जोखिम मानिने लम्कीचुहा नगरपालिकाको वडानम्बर ३ ब्यावस्थीत नगरमा नेपाल रेडक्रस सोसाईटी केन्द्रीय कार्यालयको पहल र अमेरीकी रेडक्रस, युसआईडि को आर्थिक सहयोगमा २०१७ देखि शुरु भएको परियोजना सन् २०१९ सम्म सञ्चालन हुने परियोजना संयोजक जोशीको भनाई छ । 
 
सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाईटी बलिया उपशाखाका सभापति रंगप्रसाद तिमिल्सैनाले बर्षातको समयमा बाढी र कटानको उच्च जोखिममा रहेकोले यो परियोजनाले उद्दारमा सहिजो हुने बताउनु भयो । 
 
कार्यक्रममा बोल्दै वडा नम्बर ३ का वडा अध्यक्ष भक्तबहादुर चलाउने परियोजना सञ्चालनमा सहयोग गर्ने नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा र बलिया उपशाखालाई धन्यबाद दिदै नगरपािलकामा विपद् जोखिमको न्युनिकरणको दृष्टीकोणले उच्च जोखिम रहेको ब्यावस्थीत नगरमा परियोजना लागु भएपछि केहि राहात मिल्ले बताउनु भएको थियो । 
 
परियोजना कैलालीको लम्कीचुहा नगरपालिका, धनसिंङ्गपुर, नारायणपुर, टीकापुर, भजनी, कैलारी, थापापुर लगायत ८ क्षेत्रमा सञ्चालन भैरहेको छ । भने अर्को बर्ष देखि २ स्थान थप गरीने बताइएको छ ।
 
 

radio programs

View All
  • On air -by
  • up next बि.बि.सी नेपाली सेवा -by