जन्मदिनको अवसरमा न्यौपानेले गरे वृद्धवृद्धा तथा अनाथ असाहय लाई फलफुल वितरण

img-featured

 
 
देवानन्द न्यौपाने लम्की कैलाली फागुन २/ सामुदायिक रेडियो पश्चिम आवाज लम्कीका प्रबन्धक निर्देशक तथा नेपाल पत्रकार महासंघका प्रदेश प्रषार्द युवराज न्यौपानेले आज आफनो जन्मदिनकोे अवसरमा असाहय अनाथ तथा बल्चौरमा रहेका बृद्ध बृद्धा लाई फलफुल वितरण गर्नुभएको छ ।  आज एक कार्यक्रमको अयोजना गरी कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर ३ मा रहेको कैलाशधाम तिर्थ स्थलमा रहेको बल्चौर वृद्धआश्रममा बस्दै आएका वृद्धवृद्धा  र बल्चौरमा को अनाथ आश्रममा वस्दै आएका असाहय तथा अनाथ बालबालिका लाई फलफुल वितरण गरिएको हो ।
 
 पछिल्लो समयमा मानिसहरुले आफनो जन्मदिनमा भोज भतेर तथा फजुल खर्च गर्ने गरेको भएतापनि न्यौपानेले आफनो जन्मदिनमा थोरै भएपनि दिनदुखी संग खुशी साटनाका लागी असाहय,अनाथ तथा वृद्धावृद्धा लाई फलफुल वितरण गरिएको बताउनुभएको छ । फलफुल वितरण पछी वल्चौरमा रहेका वृद्धवृदा तथा वालवालीकाहरुले खुसी व्यक्त गर्दे पत्रकार न्यौपानेलाई धन्यवाद दिदै आगामी दिनमा समेत यस्तै सामाजिक कार्य गर्दे जान आग्रह गर्नुभएको थियो । 
 

radio programs

View All
  • On air साझा खबर -by CIN
  • up next आजको खबर -by News Tem Radio paschim aawaj