प्रदेशको विकासका लागि सबै एक हुनु पर्नेमा प्रदेश प्रमुख मल्लको जोड ।

img-featured

 
देवानन्द न्यौपाने कैलाली फागुन ७ / प्रदेश नम्बर ७ का प्रदेश प्रमुख मोहनराज मल्लले यस प्रदेशको विकासका लागि सबै एक हुनु पर्नेमा जोड दिनु भएको छ । राज्यको आखा बाट सधै टाढा रहेको सम्भावनाको खानी सुदुरपश्चिमलाई संघियता संगै अवसर र चुनौति पनी त्यतिकै थपिएको बताउनु भयो । कैलालीको बर्दगोरीया गा“उ पालिकाको वौनियामा रहेको वसन्त मुरारी माध्यामिक विद्यालयको १६ औं बार्षिक उत्सव कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै प्रमुख मल्लले प्रदेश सरकार गठन संगै यस क्षेत्रका जनताको मुहार हसिलो बनाउन राजनितिक स्वार्थ भन्दा एक कदम माथि उठेर लाग्न मुख्य मन्त्रीलाई आफुले सन्देश दिएको बताउनु भयो । 
जनताको कामलाई भरपर्दो तरीकाले छिटोछरीतो सेवा प्रबाहमा जनप्रतिनिधि र राष्ट्र सेवक कर्मचारीले लाग्नु पर्नेमा जोड दिदै सबै लागे अरु प्रदेशको तुलनामा प्रदेश नम्बर ७ को विकासले फड्को मार्ने विश्वास ब्यक्त गर्नु भएको थियो । 
 
 
 
 
प्रजातन्त्र दिवसको अवसरमा सहिदहरुलाई श्रद्धाञ्जली दिदै प्रदेश प्रमुख मल्ले प्रजातन्त्र÷लोकतन्त्र विश्वकै उत्कृष्ट शासन ब्यवस्था भएको बताउनु भयो । सहिदहरुको सपनालाई साकार पार्न अब सबैले राजनीतीक खिचातानीमा नलागि विकासको एजेण्डामा एक भएर अगाढि बढ्नु पर्नेमा जोड दिनु भएको थियो । 
बार्षिक उत्सवको अवसरमा विद्यालयलाई ५ विगाहा जग्गा दान गर्ने स्वार्गिय बसन्त कुमारी बमको नया“ निर्माण गरिएको सालिकलाई  अनावरण गरी माल्यापण  समेत गर्नु भएको थियो । कार्यक्रममा विद्यालयले विकासको लागि महत्वपुर्ण मुमिका निर्बाह गर्ने विभिन्न ब्यक्तित्वलाई सम्मान समेत गरीएको थियो । कार्यक्रममा बिभिन्न सांस्कृतिक झल्कने सांस्कृतिक झाकि समेत प्रस्तुत गरीएको थियो ।
 
 
 
 

radio programs

View All
  • On air थारु भाषाका गीतहरु -by
  • up next थाहा सञ्चार समाचार -by