नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखाको १८औं उपशाखा सभाको अधिवेशन लम्कीमा सम्पन्न

img-featured

 

 

लम्की, फागुन ७ /  नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखाको १८औं उपशाखा सभाको अधिवेशन आज लम्कीमा सम्पन्न भएको छ ।नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखाका सभापति रंगप्रसाद तिमिल्सैनाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य तथा कैलालीका सभापति उत्तम जोशी रहनु भएको थियो ।कार्यक्रममा विशिस्ट अतिथि यशस्कर सदस्य तेजबहादुर थापा, नेपाल रेडक्रस सोसाइटी कैलालीका उपसभापति बासुदेव बिनाडी, विशिस्ट सदस्य तथा लम्कीचुहा उद्योग वाणिज्य संघका अध्यक्ष पदमराज चौलागाईं , विशिस्ट सदस्य तथा महिला नेतृ शुशिला शाही, नेपाल रेडक्रस सोसाइटी कैलालीका सदस्य जगदिश्वर पण्डित , सुगरखाल उपशाखाका सभापति दानबहादुर बोहरा लगायतकाले मन्तव्य राख्नु भएको थियो ।


कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखाका सचिव बिनोद आचार्यले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष खेमा थापाले आर्थिक प्रतिदन प्रस्तुत गर्नु भएको थियो ।उक्त अवसरमा प्रस्तुत गरिएको सचिवको प्रगति प्रतिवेदन र कोषाध्यक्षले प्रस्तुत गरेको ७ लाख २४ हजार८ सय बराबरको आय व्यय विवरणलाई उपशाखा सभाले अनुमोदन गरेको छ ।


कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा क्षेत्रमा पहिलो पटक जिल्ला स्तरीय जुनियर / युवा रेडक्रस गोष्ठीको आतिथ्यता गर्ने जुनियर रेडक्रस सर्कल बालकल्याण मा. वि. भुरुवा र उपशाखाको कार्यवाहक सभापति रहदै हालका उपसभापति छत्रबहादुर बिष्टलाई कदर पत्र सहित सम्मान गरिएको थियो ।

radio programs

View All
  • On air थारु भाषाका गीतहरु -by
  • up next थाहा सञ्चार समाचार -by