टीकापुरका युवाको हत्यामा संग्लनलाई प्रहरीद्धारा सर्वजनिक

img-featured

 
 
 देवानन्द न्यौपाने कैलाली फागुन २३ / कैलालीको टीकापुरका करन थापाको हत्यामा संलग्न रहेका २ जना लाई बुधबार जिल्ला प्रहरी कार्यालय कैलालीले सार्बजनीक गरेको छ । यहि फागुन १७ गते राति टीकापुरको खुल्ला मैदानमा देउडा होली हेरी रहेका टीकापुरका २१ बर्षिय करण थापालाई धारीलो हतियार प्रयोगरी हत्या गरेलगतै फरार रहेका टीकापुरकै सन्दीप रावल र सागर पाण्डेयलाई फागुन २१ गते प्रहरीले काठमाण्डौको बालाजु बाट पक्राउ गरेको थियो ।
 
पक्राउ परे लगतै आफुले थापाको हत्या गरेको स्वीकार गरेका रावल र पाण्डेयलाई प्रहरीले हिजो २२ गते मंगलबार हवाईजहाज मार्फत धनगढी ल्याएको थियो । बयानका क्रममा सामान्य विबादपछि आक्रोसमा आएर आफुले छुरा प्रहार गरेको हत्याका आरोपित रावल र सागरले प्रहरी समक्ष बयान दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्त प्रहरी नायव निरीक्षक सागर बोहोराले बताए ।
 
दुबै जनालाई जिल्ला अदालत बाट म्याद थप गरी अनुसंधान गरी रहेको र उनीहरुलाई मुलुकी ऐन अन्रगतको कर्तब्य ज्यान कसुर सम्बन्धी मुद्धा चलाउने कैललीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरेले बताए । अनुसंधानको क्रममा घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका टीकापुरका अन्य २२ जनालाई सामान्य तारेखमा यस अघिनै छाडि सकेको प्रहरीले जनाएको छ ।
 

radio programs

View All
  • On air स्कुल क्यूईज -by
  • up next खबर संक्षेप -by