राष्ट्रिय सभाका सदस्य ओली द्धारा विद्यार्थिलाई स्टेशनरी सामाग्री वितरण

img-featured

 
 
 
नेत्र प्रसाद न्यौपाने लम्की, फाल्गुन २७ /कैलालीको लम्की चुहा नगरपालिका १ लम्कीमा रहेको शहिद स्मृति माध्यामिक विद्यालयमा आईतबार एक भव्य कार्यक्रमका बिच शैक्षिक सामाग्री वितरण गरिएको छ । यस क्षेत्रमा विभिन्न साजमाजिक क्षेत्रमा काम गदेैं आईरहेका  लायन्स क्लब र लियो कलब तथा राष्टिय सभाका सदस्य माननिय कमला ओली ज्युको बिषेश सहयोगमा सहिद स्मृति माध्यामिक विद्यालयमा अध्यनरत गरिब असाहय तथा जेहेन्दार ४० जना विद्यार्थिलाई स्टेशनरी सामाग्री वितरण गरिएको हो । 
लाइन्स क्लब अफ क्रेटिभ लम्कीका संस्थापक अध्यक्ष चञ्चल जोशीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय सभा सदस्य कमला ओली रहनुभएको थियो । शैक्षिक सामाग्री वितरण कार्यक्रममा लाईन्स क्लब अफ क्रेटिभ लम्कीका जोन चियर प्रसन डाक्टर छविलाल जोशी,लियो क्लब क्षेत्र ५का संयोजक घनश्याम डागी,शहिद स्मृति माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नबल बहादुर भुल, विद्यालयका सहायक प्रधान्ध्यपक पुर्ण प्रसाद जोशी  लगायतकाले बोल्नुभएको थियो । 
शैक्षिक सामाग्री कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथी राष्ट्रिय सभा सदस्य तथा माननीय ओलीले आफु प्रदेश नम्बर ७ बाट निर्वाचित भएकाले यस क्षेत्रका बालबालिका,महिला तथा सम्पुण आम ७ नम्बर प्रदेश बासी जनसमुदायको हकहितका लागी रातदिन  खटिरहने र जस्तुसुकै प्रस्थितीमा पनि यस क्षेत्रको समग्र विकासका लागी आफु कटिबद्ध रहेको समेत बताउनु भयो ।   लाइन्स क्लब अफ लम्की टाउनका अध्यक्ष सरोज शाहको स्वागत मन्तवय संगै शुरु भएको कार्यक्रमको सन्चालन लियो क्लब लम्की का सचिब विरेन्द्र शाहीले गर्नुभएको थियो । 
 

radio programs

View All
  • On air -by
  • up next रेडियो शुआरम्भ -by