सामाजिक अभियान्ता चर्चित हास्य कलाकार धुर्मुस र सुन्तली जिवन विमा अभियानमा बेस्त ।

img-featured

 
 
 
देवानन्द न्यौपाने कैलाली फागुन २८ / बिभिन्न सामाजिक कार्यमा सक्रिय सामाजिक अभियान्ता चर्चित हास्य कलाकार धुर्मुस र सुन्तली अहिले जिवन विमा अभियानमा बेस्त रहेका छन । देशका बिभिन्न ठाउमा भुकम्प पिडित तथा दलित एवम् निम्न आयस्तर विपन्न बर्गका परिवारलाई नमुना  बस्ती निमार्ण गरि करोडौ नेपालीको मन जित्न सफल भएका सामाजिक अभियान्ता धुर्मुस र सुन्तली अहिले भने नमुना नेपाल बनाउने अभियान संगै सबै नेपालीले आफु र आफ्नो परिवारको लागि जिवन विमा गर्नु पर्ने भन्दै सन् नेपाल लाईफ विमा कम्पनीको सहकार्यमा अभियानमा जुटेका हुन । अभियानकै क्रममा आज कैलालीको लम्कीमा सन् नेपाल लाईफ विमा कम्पनीको उप शाखाको उद्घाटन कार्यक्रममा समेत धुर्मुस र सुन्तली सहभागि भएका थिए । कार्यक्रममा  बोल्दै सिताराम कट्टेल धुमुर्सले सबै नेपालीको लागि जिवन विमा अनिबार्य भएको बताउनु भयो । विमा अभियानमा आफुहरु जुटी सकेको र सन् नेपाल लाईफ विमा कम्पनी भरपर्दो जिवन विमा कम्पनी भएको सिताराम कट्टेल धुमुर्सको भनाई थियो । १ आवाज 
विभिन्न सामाजिक कार्य गरि देशलाई विश्वमा चिनाउने आफ्नो अभियान रहेकाले बताउदै सामाजिक अभियान्ता धुर्मुसले सबै नेपालीले अनिबार्य रुपमा जिवन विमा गरी विमामा समेत नेपाल सबै भन्दा अगाडि छ, भनेर चिनाउनु पर्नेमा जोड दिनु भएको थियो । २ आवाज 
कार्यक्रममा बोल्दै सामाजिक अभियान्ता कुञ्जना घिमिरे सुन्तलीले सबै भन्दा विश्वासिलो र जनहितकारी विमा कम्पनी सन् नेपाल लाईफ विमा कम्पनी भएको भनदै सबैलाई विमा गर्न आग्रह गरेकी थिईन् । ३ आवाज 
कार्यक्रममा बोल्दै प्रदेश सांसद रतन बहादुर थापाले अहिलेको परिपेक्षमा सबैको जिवन विमा अनिबार्य भएको बताउनु भएको थियो । ४ आवाज 
कार्यक्रममा बोल्दै लम्कीचुहा नगरपालिकाका उपमेयर टीका थापाले सरकारले पशुविमा, खेति विमा, गाडि मोटर विमा अनिबार्य गरे झै जिवन विमा पनी अनिबार्य गर्नु पर्ने निति ल्याउनु पर्नेमा जोड दिनु भएको थियो । 
५ आवाज 
कार्यक्रममा बोल्दै सन् नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका महा प्रबन्धक कमलराज गौतमले कम्पनी दर्ता भई सञ्चालनमा आएको छोटो समयमै करीब ४ हजार भन्दा बढी नेपालीको विमा गर्न सफल भएको भन्दै सबै विमितलाई धन्यबाद दिनु भएको थियो । ६ आवाज 
 
कार्यक्रममा बोल्दै सामुदायिक रेडियो प्रशारक संघ प्रदेश नम्बर ७ का सदस्य तथा सामुदायिक रेडियो पश्चिम आवाज लम्कीका अध्यक्ष वि.पी खनालले जिवन विमा कम्पनी के हो ? विमा किन गर्नु पर्छ ? भनेर स्थानिय स्थरमा अझै बुझाउन नसकीएको बताउनु भयो । ७ आवाज
कार्यक्रममा बोल्दै समाजसेवि देवानन्द जैशीले सरकारले मानिसको जिवन विमा नितिगत रुपमा अनिबार्य गर्नु पर्नेमा जोड दिनु भएको छ । हुने खाने र धनी मानिसले जन्मने वितिकै विमा गर्ने भएपनी गरिव र विपन्न वर्गका मानिसको जिवन विमा सम्म अझै पहुच नपुगेको भन्दै दुख बयक्त गर्नु भएको थियो । ८ आवाज
कार्यक्रममा बोल्दै लम्कीचुहा उद्योग बाणिज्य संघका अध्यक्ष पदम चौलागाईले केहि बर्षअघि यस क्षेत्रमा विमा गर्ने कम्पनी नभएर बाहिर जानु पर्ने बाध्यता हटेको बताउदै, यस क्षेत्रका नागरीकलागि विमा मार्फत अब ठुलो सहज हुनेमा विश्वास ब्यक्त गर्नु भयो । ९ आवाज
कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी बलिया उप शाखाका सभापति रंगप्रसाद तिमिल्सैनाले नेपालको कुल जनसंख्याको करीब १४ प्रतिशत मानिस मात्र विमाको पहुच सम्म पुगेको बताउदै सबै नेपालीमा जिवन पुर्याउनु पर्नेमा जोड दिनु भयो । १० आवाज
सन् नेपाल लाईफ विमा कम्पनीको कार्यकारी निर्देशक राजकुमार आर्यालको अध्यक्षतामा भएको कार्यक्रममा कम्पनीका प्रदेश नम्बर ७ का संयोजक लक्ष्मीकान्त जैशीले अतिथीलाई स्वागत गरेका थिए । 
 

radio programs

View All
  • On air -by
  • up next रेडियो शुआरम्भ -by