काठमाण्डौमा हुने फुल कन्ट्याक करातेमा लम्की डोजोले पनी प्रतिस्प्रधा गर्ने ।

img-featured

 
 
देवानन्द न्यौपाने कैलाली फागुन २८ / नेपाल क्योकुसिन कराते डो संघ ब्रजको आयोजनामा यहि चैत्र २ गते देखि काडौमा शुरु हुन लागेको १५ औं पुरुष तौल समुह तथा १४ औं राष्ट्रिय महिला खुल्ला फुल कन्ट्याक  कराते  प्रतियोगितामा कैलाली बाट ४ जना खेलाडिले सहभागिता जनाउने भएका छन । न्ोपाल क्योकुसिन कराते डो संघ ब्रज कैलाली लम्की शाखाका डोजो प्रमुख छविलाल जोशीले सामुदायिक रेडियो पश्चिम आवाज लम्कीलाई दिएको जानकारी अनुसार यहि चैत्र २ र ३ गते काठमाण्डौमा हुने प्रतियोगितामा कैलाली बाट खुल्ला तर्फ महिलामा गंगा चौधरी र सर्मिला सोनाहा प्रतिस्प्रधागर्ने छन । भने पुरुष ६५ के.जीमा खेम मिजार र पुरुष ५५ के.जी.मा उमेश शाही कैलाली बाट प्रतियोगितामा प्रतिस्प्रधा गर्ने छन ।  दुई दिन सम्म सञ्चालन हुने प्रतियोगितामा देश भरका ७० जना पुरुष र ३२ जना महिला सहित कुल १ सय २ जना खेलाडिले प्रतिस्प्रधागर्ने छन । त्रीपुरेश्वर राष्ट्रय खेलकुद परिषद्को कर्र्भडहलमा पुरुष तर्फ ३ तौल समुह तथा महिला खुल्ला तौल समुहमा खेल हुनेछन ।दुबै तर्फ काता प्रतिस्पर्धा पनी हुनेछ ।प्रत्यक विधामा विजेताले १० हजार र उप विजेताले ५ हजार पुरस्कार पाउनेछन ।
 

radio programs

View All
  • On air -by
  • up next बि.बि.सी नेपाली सेवा -by