सुरक्षित विद्यालयको न्युनतम मापदण्ड सम्बन्धी नगरपालिका स्तरिय परामर्श कार्याशाला लम्कीमा

img-featured

 
नेत्र प्रसाद न्यौपाने
लम्की,चैत्र ०२
युरोपीयन युनियन मानवीय सहायता तथा नागरीक संरक्षण विभागको आर्थिक सहयोगमा वल्र्ड भिजन ईन्टरनेश्नल नेपालसँगको साझेदारीमा सामाजिक विकासका लागि सचेत समाज (ऋक्क्म्) द्वारा संचालित“विपद् जोखिमन्युनिकरण तथाविद्यालय सुरक्षा परियोजना”अन्र्तगत सुरक्षित विद्यालयको न्युनतम मापदण्ड सम्बन्धी नगरपालिका स्तरिय परामर्श कार्याशाला  शनिबार कैलालीको लम्की चुहानगरपालिकामा सम्पन भएको छ । लम्की चुहा नगरपालिकाका उपमेयर टिका थापाको सभापतित्वमा भएको कार्याशाला गोष्ठीमा जिल्ला समनवय समिति कैलालीका सभापति सुर्य बहादुर थापा प्रमुख अतिथी रहनुभएको थियो ।  गोष्ठीमा बोल्दै जिल्ला समन्वय समितिका सभापति तथा प्रमुख अतिथी थापाले सामुदायिक विद्यालयमा आफना बालबालिका पढाउनु पर्छ भन्ने सोच नरहेको र साम’दायिक विद्यालमा आफनो बालबालिका पढछन भन्नेर गर्भ गर्ने वातावरण बनाउन आग्रह गर्नु भयो  । शिक्षा स्वास्थ्य राम्रो दिन नसके बालबालिकाको भविष्य अन्धकार हुने भएकाले यसमा शिक्षक मात्र नभई  अभिभावक विद्यार्थि र शिक्षक सबै लाग्नुपर्ने बताउनु भयो । 
यस्तै कार्यशाला गोष्ठीमा बोल्दै लम्की चुहा नगरपालिकाकी मेयर टिका थापाले विपद बाज बाजाएर नआउने बताउदै सम्पुर्णले पुर्व तयारी गर्नुपर्नेमा जोड दिनुभयो । 
कार्यक्रममा बोल्दै शिक्षा मन्त्रालयका स्रोत व्यत्ती सुनिल सन शाक्यले नेपालका सम्पुर्ण विद्यालयलाई सुरक्षित पार्नका लागी आधारभुत मापडण्ढ तयार गर्नका लागी कार्यशाला गोष्ठी  आयााोजना गरिएको बताउदै कार्याशाला गोष्ठी बाट आएका सम्पुर्ण समस्यालाई समधानका लागी विद्यालयले स्थानिय संघ संस्था संग समन्वय गर्नुपर्ने बताउनु भयो । 
कार्यक्रममा वल्र्ड भिजन पश्चिम नेपालका प्रमुख चेतराज भट्राई, लम्की चुहा नगरपालिका शिक्षा प्रमुख लोकेन्द्र प्रसाद भट्ट, सम्पुर्ण वडा अध्यक्षको तर्फ बाट वडा नम्बर १का वडा अध्यक्ष जनक बम, लगायतले बोल्नुभएको थियो । कार्याशाला गोष्ठीमा लम्की चुहा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष विष्णु ढकाल, वडा नम्बर ३ का अध्यक्ष भत्त बहादुर चलाउने,वडा नम्बर ५ का वडा अध्यक्ष माया विष्ट, वडा नम्बर ६ का वडा अध्यक्ष नेत्र सुनाखरी मगर, वडा नम्बर १० का वडा अध्यक्ष हर्क कठरिया, लम्की चुहा नगरपालिका भित्र रहेका सामुदायिक तथा निजि विद्यालयका प्रधान्ध्यापक तथा शिक्षक, लम्की चुहा नगरपालिका भित्रकाम गर्ने सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधी लगायतकाको उपस्थिीत रहेको थियो । कार्यशाला गोष्ठीमा ३ समुहमा विभाजन गरी समुह क्षलफल समेत गरिएको थियो । जसमा विद्याल व्यवस्थापन समिति तथा प्रधान्ध्यापकको समुह बाट उज्यालो शिक्षा सदन  उच्च माध्यामिक विद्यालयका प्रधान्ध्यापक धिरज खत्रीले समुहमा क्षलफल भएका विद्याल सुरक्षित हुनका लागी आवश्यक पर्ने विषयबस्तु लााई प्रस्तुत गर्नुभएको थियो । यस्तै संघ संस्थाको तर्फ बाट विद्यालय सुरक्षाका लागी गर्न सक्ने सहयोगका बारेमा नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका चेतन खड्काले प्रस्तुत गर्नु भएको थियो । भने जनप्रतिनिधीको तर्फबाट लम्की चुहा नगरपालिकाले गर्ने सहयोगका बारेमा लम्की चुहा नगरपालिका वडा नम्बर ६का वडा अध्यक्ष नेत्र सुनाखरी मगरले प्रस्तुत गर्नुभएको थियो । वल्र्ड भिजन कैलालीका संयोजक नित्यानन्द पाण्डेले स्वागत गरेको कार्यक्रमको सामाजिक विकासका लागि सचेत समाज (ऋक्क्म्)कैलालीका कार्यक्रम अधिकृत प्रेमलाल कुश्मीले गर्नुभएको थियो ।  
 

radio programs

View All
  • On air नेपाली चलचित्रका गीतहरु -by
  • up next थाहा सञ्चार समाचार -by