बड्घरहरुलाई कानुनी क्षमता अभिवृद्धी तालिम लम्कीमा

img-featured

 
नेत्र प्रसाद न्यौपाने
लम्की, चैत्र ०३
बड्घरहरुको लागी २ दिने कानुनी क्षमता अभिवृद्धी तालिम शनिबार देखी कैलालीको लम्की चुहा नगरपालिका १ मुनमुन भिल्ला लम्कीमा शुरु भएको छ । जानकी गाउपालिका वडा नम्बर ५ को वडा कर्यालयको अयोजनामा शुरु भएको तालिम उद्धघाटन सत्रमा जानकी गाउपालिका वडा नम्बर ५ का वडा अध्यक्ष भिम थारु सभाध्यक्ष रहनु भएको थियो । भने  जानकी गाउपालिकाका अध्यक्ष प्रदिप कुमार चौधरी प्रमुख अतिथी रहनुभएको थियो  विशिष्ट अतिथीमा जानकी गाउपालिकाका  उपाध्यक्ष उमा महतौ रहनुभएको थियो । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथी चौधरीले स्थानिय निकायमा न्यायिक समिति गठन भईसकेकाले समाजमा हुनेगरेका देवानी प्रकृतिका विवाद तथा १ वर्ष कैद सम्मका मुद्धा हेर्ने बताउदै वडा तथा गाउका बडघरहरुले  न्ययायिक समिति संग सहकार्य गरेर त्यस्ता मुद्धा प्रहरी चौकीमा नभई स्थानिय न्यायिक समितिमा पठाउनुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै प्रमुख चौधरीले गाउपालिकाबाट गरिरहेका कार्यक्रमका बारेमा समेत जानकारी गराउनु भएको थियो । 
कार्यक्रममा बोल्दै विशिष्ट अतिथी तथा उपाध्यक्ष उमा महतौले तालिमले वडा स्तरमा  सनातिना झैझगडा मिलाउनमा सहयोग पुग्ने  बताउदै आफु गाउपालिकाको न्यायिक समितिको संयोजक रहेकाले गाउपालिकाबाट समेत यस सम्बन्धि कार्यक्रमकालागी बजेट विनियोजन गरेको र स्थानिय स्तरमाहुने झैझगडा लाई गाउपालिकामा पठाई सहयोग गर्न समेत आग्रह गर्नुभएको थियो । 
कार्यक्रमको उदघाटन सत्रको समापन सत्रमा बोल्दै जानकीगाउपालिका वडा नम्बर ५ का वडा अध्यक्ष भिम थारुले नेतृत् वगर्ने मानिसको सकरात्मक सोच नहुदा समाजमा विकृति आउने तथा काम गर्न गाह्रो भएको बताउदै अब सबैले सकरात्मक सोचका साथ आर्थिक सम्बृद्धीको बाटो लाग्न आग्रह गर्दे स्थानिय निकायमा निर्वाचित भईसकेपछि मानिसहरुका धेरै ईच्छाआकंक्षा रहेको बताउदै कामको सिर्जना गरेमात्रै विकास सम्भव रहेको बताउनु भयो । 
कार्यक्रममा जानकी गाउपालिका वडा नम्बर ५ का पथरैया, अमौरा नवलपुर,स्कुलपुर,अमौरीका बडघर कार्यसमितिका ३० जनाको सहभागिता रहेको छ । २ दिन सम्म सन्चालहुने तालिम लाई अधिवक्ता जोहारीलाल चौधरीले सहजिकरण गरिरहनुभएको छ । जानकी गाउपालिका वडा नम्बर ५ का वडा सदस्य अनिता चौधरीको स्वागत मन्तवय संगै सुरु भएको कार्यक्रमको सन्चालन जानकीगाउपालिका वडा नम्बर ५ का सचिब भरत बहादुर थापाले गर्नुभएको थियो । 
 

radio programs

View All
  • On air पुराना हिन्दी गीतहरु -by
  • up next प्रसारण समाप्त -by