मेयर वजगाईले चलाए अर्थमन्त्री वोहराको घरमा डोजर

img-featured

 
 
युवराज न्यौपाने
लम्की, चैत्र १३
कैलालीको लम्की चुहा नगरपालीकका नगर प्रमुख महादेव वजगाईले प्रदेश नम्वर सातका आर्थिक तथा योजना मन्त्री झपट वोहराको घर डोजर चलाएर भत्काएका छन् । मेयर वजगाईले कुनै व्यक्तीगत रिसिईवी तथा राजनितिक पुर्वाग्रहीले नभई सडक विस्तारका क्रममा मापदण्ड विपरीत मन्त्री वोहराको घर सडकामा परेपछी भत्काईएको हो । लम्की चुहा नगरपालीकाले केहि दिन देखि पुर्व पश्चिम राजमार्ग अन्र्तगत मुख्य राजमार्ग लेखि २५ मिटर भित्र सम्म पर्ने घर, ठेला, सिडी तथा राजमार्गमा वनाएको संरचानाहरु तथा अन्य समाग्री हटाउन अभियान शुरु गरेको छ  । साही अभियान अन्र्तगत सात नम्वर प्रदेशका अर्थ मन्त्रीको घर समेत मापदण्ड विपरीत निमार्ण गरीएको पाईएपछी भत्काईएको लम्की चुहा नगरपालीकाका नगर प्रमुख महादेव वजगाईले वताउनुभयो । 
अभियान निरत्नर अघी वढ्ने र कसैले अटेर गरे कानुन अनुसार प्रकृया अघि वढाएर सडक विस्तारको कामलाई अघि वढाउने नगर प्रमुख वजगाईले वताउनुभयो । नगरपालीका लाई स्वस्थ, सभ्य तथा व्यावस्थीत नगर को रुपमा विकास गर्न आफुहरुले सो अभियान शुरु गरेको नगर प्रमुख वजगाईले वताउनुभयो । 
 

radio programs

View All
  • On air पुराना हिन्दी गीतहरु -by
  • up next प्रसारण समाप्त -by