प्रदेश ७ को विकासका लागि जनप्रतिनिधिहरुले सरकारलाई बुझाए ६ बुदें मागपत्र

img-featured

 
 
काठमाण्डौ १६ चैत्र ।  प्रदेश नम्बर ७ को विकासका लागि  कैलाली जिल्लाका जनप्रतिनिधिहरुले सरकारलाई ६ बुदें मागपत्र पेश गरेका छन ।
 
शुक्रबार कैलाली क्षेत्र नम्बर २ का सांसद झपट रावलको नेतृत्वमा रहेको जनप्रतिनिधिहरुको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी प्रदेश नम्बर ७ को पूर्वी क्षेत्रको विकासमा सरकारको ध्यानाकार्षण गराएको हो ।
 
मागपत्रमा खक्रौला भन्सारको स्तरन्नोति, लम्की खक्रौला सडक ६ लेनका रुपमा विकास, कैलालीको चिसापानी देखि अछामको मंगलसेन जोडने सडककालागि बजेट विनियोजन, १० हजार ८ सय मेघावाटको कर्णाली जलविद्युत आयोजनाको निर्माण गर्नुपर्ने लगायतका मागहरु उल्लेख छन ।
 
टोलीमा सांसदहरु कमला वली, रणबहादुर रावल, रतन थापा, नन्दबहादुर साउद, उमादेवी वादी, टीकापुरका मेयर तपेन्द्र रावल, लम्की चुहाका मेयर महादेव बजगाई  र पत्रकार मातृका तिमिल्सेना लगायत थिए ।
 

radio programs

View All
  • On air पुराना हिन्दी गीतहरु -by
  • up next प्रसारण समाप्त -by