३५ दिने सह योग शिक्षक प्रशिक्षण तालिम तथा दिक्षान्त समरोह सम्पन

img-featured

 
 
नेत्र प्रसाद न्यौपाने
लम्की, चैत्र १७
कैलालीको जानकी गाउपालिका १ दुर्गौलीमा ३५ दिने सह योग शिक्षक प्रशिक्षण तालिम तथा दिक्षान्त समरोह सम्पन भएको छ ।फाल्गुन ११ गते देख िसुरु भएको योग प्रशिक्षण तालिम शनिवार अग्नी होत्र गर्दै सम्पन गरिएको छ ।  जानकी गाउपालिका स्तरीय पतंजली योग समिती,गाउपालिका स्तरिय महिला पतंजली योग समित,गाउपालिका स्तरिय युवा प्रभारी योग समितीको अयोजना तथा जिल्ला पतंजली योग समितिको सहयोगमा योग प्रशिक्षण कार्यक्रम भएको हो ।  गाउपालिका स्तरिय पंतजली योग समितीका अध्यक्ष जित बहादुर चौधरीको सभापतितवमा भएको कार्यक्रममा पतंजली योग समिति नेपालका केन्द्रिय प्रभावरी लबदेब मिश्र प्रमुख अतिथी रहनुभएको थियो । 
कर्यक्रममा बोल्दै प्रमुख अतिथी केन्द्रिय प्रभवरी मिश्रले योगले मानिस शारिरिक र मानसीक रुपमा स्वास्थ्य हुनाका लागी योग गर्नुपर्ने र मानिस रोगले ग्रस्त भएका मानिसले पनि योग गर्ने जरुरी रहेको बताउदै मानिसले जसरी नुहाउने तथा अनय नित्यकर्म गर्छ त्यसरी नै योग गर्नुपर्ने बताउनुभएको थियो ।
कर्यक्रममा सहभागि लम्की चुहा नगरपालिका दुर्गा आधारभुत प्रथामिक विद्यालयका शिक्षक भोजराज चौधरीले ३५ दिने योगमा प्रशिक्षण लिएपछि आफनो जिवनमा अक्लपनिय परिवर्तन ल्याएको बताउदै सबैलाई योग गर्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रमका प्रशिक्षक समेत रहनु भएको पंतजली योग समिति कैलालीका युवा  प्रभारी ठम्मन बमले सात नम्बर प्रदेशमा योग शिक्षा लाई गरुकुलिय संस्कारको विषयका रुपमा बस्नुपर्ने र अबका बालबालिकाले हाम्रो पौराण्ीक संस्कार योग र हिन्दुय मुल्य मान्यतालाई र्विसेकोमा दुख व्यत्त गर्दै ३५ दिने योग शिविर बाट प्रशिक्षती तथा दिक्षित सम्पुर्ण योग शिक्षकले अब विद्यालयमा योग शिक्षा प्रयोगातमक  रुपमा दिने बताउनुभएको छ ।
 
जानकी गाउपालिका स्तरिय सोत्र केन्द्र अन्तगर्तका सामुदायिक तथा  निजी विद्यालयका शिक्षक शिक्षीका तथा स्थानियहरुका लागी तालिम सन्चालन गरिएको बताईएको छ । 
पछिल्लो समयमा योगका शिवर तथा प्रशिक्षण तालिम तथा शिविर चलिरहदा जानकी गाउपालिकामा विद्यालयका सह योग शिक्षकका लागी ३५ दिने शिविर सन्चालन गरिएको छ । अहिले विद्यालयमा आधारभुत तहमामा विषयगत रुपमै योगको पाठ पढनुपर्ने भएकाले सह योग शिक्षक तालिमको आयोजाना गरिउको जानकी गाउपालिका स्तरिय पतंजल ियोग समितलिे जनाएको छ । योग अब बाल्य अवश्था देख िनै सुरु गर्नुपर्ने भएकाले यो तालिमको आयोजना गरिएको पतंजली योग समिती कैलालीका युवा प्रभारी ठम्मन बमको भनाई रहेको छ । 
समापन कार्यक्रममा पतंजली योग समिति कैलालीका युवा प्रभारी ठम्मन बम, पतंजली योग समिति कैलालीका साहित्यक प्रभारी कानती ज्ञवाली, वरिष्ठ योग शिक्षक दिर्घराज गीरी, पतंजली योग समिति कैलालीका महिला प्रतिनिधी पुष्पा कुवर,युवा सदस्य साहनु चौधरी लगायतकाले बोलनु भएको थियो । ३५ दिन सम्म सनचालन भएको योग शिविरमा जानकी गाउपालिका अन्तर्गत रहेका सामुदायिक तथा निजि विद्यालय तथा स्थानिय गरी २९ जनाको सहभागिता रहेको थियो । आजै तालिमा उत्कृष्ट सम्पुर्ण लाई केन्द्रिय प्रभारी लबदेब ले दिक्षान्त समेत गर्नुभएको थियो । जसमा सविता चौधरी प्रथम,दल बहादुर दर्लामी  र राम कठरिया दितिय र जित बहादुर चोैधरी तृतिय स्थान हासिल गर्नुभएको थियो । जानकी गाउपालिकाको वडा नम्बर १ दुर्गौलीमा २०६४ साल  देखी सन्चालन हुदखै आएको योग प्रशिक्षण तथा योग शिविर निरन्तर चल्दै आएको योग प्रशिक्षण कार्यक्रममा सहभागी विर बहादुर चौधरीले जानकारी दिनुभएको छ । 
 

radio programs

View All
  • On air पुराना हिन्दी गीतहरु -by
  • up next प्रसारण समाप्त -by