विदेशिने युवालाई ‘सुन’ फलाएर देखाउन डोटेली युवा च्याउ खेतीतर्फ अग्रसर हुदै ।

डोटी, फागुन २६ ।
 
स्वदेशको जल, जमिन छोडेर गाउँ गाउँका नेपाली युवा खाडी मुलुक तथा भारतीय शहरमा उर्जा खचिर्रहेका छन् । एक गास खान, एक सरो लगाउन र घर परिवार र लालाबालालाई पाल्नैका लागि दिनहुँ सयौ सुदूरपश्चिमेली युवा विदेशी भूमिमा पुग्दा डोटीका केही जाँगरिला युवा भने यहीँको माटोमा लाखौं रकम फलाउने प्रयासमा जुटेका छन् ।
 
जिल्ला कृषिले च्याउ खेतीमा अनुदान दिन थालेपछि युवाहरुमा जोश र जाँगर पलाएको हो । यहाँका दुर्गामान्डौ गाविस तथा गड्सेराका युवा कृषक तेज धामी र लिलाधर विष्ट लगायतको एक समूहले गाउँमा च्याउ खेती सुरु गरेपछि अहिले त्यहाँका गाउँ तथा शहरमा च्याउको ब्यापार तथा खेती फष्टाएको दुर्गामान्डौका जहरसिं खवासले बताउनुभयो ।
 
उहाँले ‘मेहेनत गरे बालुवामा पनि सुन फल्छ भनेको यहि हो, विदेश होईन स्वदेशमै परिश्रम गरे जे पनि हुन्छ भनि बताउनुभयो ।’युवा शक्ति विदेशिएर खेतबारी बाँझै हुन थालेपछि युवालाई विदेश जानबाट रोक्न तथा गाउँमा स्वरोजगार हुने हेतुले आफुहरुले च्याउ खेतीको थालनी गरेको कृषक तेज धामीले बताउनुभयो । 
 
उहाँले भन्नुभयो ‘गाउँमा स्वरोजगार दिन आफुले ४० हजारको लगानीमा च्याउखेती सुरु गरेको र अहिले त्यस्ले लाखौ रकम फाईदा दिएको छ ।’युवा किसानले बाँझो जमिनमा च्याउ खेती सुरु गरेपछि अहिले यहाँका खेतबारी हराभरा हुन थालेका छन् ।
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

radio programs

View All
  • On air पुराना हिन्दी गीतहरु -by
  • up next प्रसारण समाप्त -by