वितिय कारोबार गर्ने सबै संस्थालाई प्रदेश सरकारले एकै किसिमको कानुन बनाएर लागु गर्ने ः मन्त्री बोहोरा ।

img-featured

 
बैशाख ११ लम्की,कैलाली 
सात नम्बर प्रदेशका आर्थिक मामिला तथा  योजना मन्त्री झपट बहादुर बोहोराले वितिय कारोबार गर्ने सबै संस्थालाई प्रदेश सरकारले  एकै किसिमको कानुन बनाएर लागु गर्ने बताउनु भयो । किसान माईक्रो फाइनाईन्स वितिय संस्था लम्कीको ५ औं बार्षिक उत्सव कार्यक्रमको आज कैलालीको लम्कीमा उद्घाटन गदै मन्त्री बाहोराले यस क्षेत्रका वितिय संस्थाहरुले लामो समय देखि लड्दै आएको विभेद् प्रदेश सरकारले हटाएको बताउनु भयो । 
कार्यक्रममा बोल्दै सहकारी संघका राष्ट्रिय प्रतिनिधि खडानन्द सापकोटाले छोटो समयमा किसान माईक्रो फाइनाईन्स वितिय संस्था लम्कीले ठुलो फड्को मार्न सफल भएको भन्दै धन्यबाद समेत दिनु भएको थियो । सिमित पुजिमा सञ्चालन भएको वितिय संस्थाले अहिले प्रदेश नम्बर ७, ६ र ५ का अधिकाशं जिल्लामा आफ्नो शाखा विस्तार गरी विपन्न बर्गका परिवारको जिवनस्तर माथि उठाई रहेको बताउदै अझै नागरीकलाई सरल र सहजरुपमा सेवा प्रदान गर्न आग्रह गर्नु भयो । 
कार्यक्रममा बोल्ैद किसान माईक्रो फाइनाईन्स वितिय संस्था लम्कीका संञ्चालक समितिका अध्यक्ष नेत्रप्रसाद जोशिले बिभिन्न वितिय कारोबार गर्ने विकास बैंक लगायतका संस्थालाई सरकारले कर समेत केहि मात्रामा छुट गर्ने भएको भएपनी लघुविक्त कार्यक्रम सञ्चालन गर्ने वितिय संस्था विशुद्ध रुपमा सामाजिक सेवामा समेत रहेकाले सरकारले विभिन्न किसिमका कर लादि अन्याय गरेको बताउनु भयो । कार्यक्रममा किसान माईक्रो फाइनाईन्स वितिय संस्था लम्कीका प्रमुख कार्यकारी अधिकृत इन्द्र कुमार शाहले १ करोड २० लाख पुजिमा सञ्चालन भएको लघुविक्तले अहिले ५ बर्षको अवधिमा करीब ६ करोड पुजि पुर्याएको बताउनु भयो । 
किसान माईक्रो फाइनाईन्स वितिय संस्था लम्कीले आजै ५ औ बार्षिक उत्सवको अवसर पारेर आफ्नै भवनको समेत सिलान्यास गरेको छ । बलियामा केन्द्रिय कार्यालय रहेको यस संस्थाले कैलाली, अछाम, डोटी, दैलेख, बझाङ्ग बाजुरा, रोल्पा, रुकुम, सल्यान लगायत ४० जिल्लामा आफ्ना शाखा कार्यालय मार्फत सेवा प्रबाह गदै आएको छ । 
 

radio programs

View All
  • On air थाहा सञ्चार समाचार -by
  • up next हिन्दी गीतहरु -by