मदनराज कठायत द्धारा क्यान्सर पिडितलाई करीब डेढ लाख रकम सहयोग

img-featured

 
देवानन्द न्यौपाने बैशाख १२ / आन्द्राको क्यान्सर रोग बाट पिडित कैलालीको महोन्याल वडा नम्बर ७ कुईनेका ५ बर्षिय बालक आरएन माझिलाई अमेरीकामा रहेका एक नेपाली युवकले बुधबार डेढ लाख बराबर नगद उपचार सहयोग गर्नु भएको छ । 
 
काठमाण्डौमा रहेको कान्ति बाल अस्पतालको बेडमा  करीब ३ महिना देखि उपचार गराई रहनु भएका क्यान्सर पिडित ५ बर्षिय बालक माझिलाई कैलाली मोहोन्याल गाउपालीका वडा नम्बर ७   ओखड्ेकोट घरभई हाल अमेरिकाको केयालिफोर्नियामा बसोबास गर्दै आउनु भएका मदनराज कठायतले उपचार खर्च वाफत १ लाख ५८ हजार ५ सय ३८ रुपैयॉ सहयोग प्रदान गर्नु भएको हो । 
 
आन्द्राको क्यान्सर पिडित ५ बर्षिय बलकलाई कठायतले अमेरिकामा रहदा 
सामाजिक सञ्जाल, अन्तराष्ट्रिय महोन्याली युवा समाज र  अनलाईन९न्यँगलमःभ० का साथै अन्य स्रोत बाट संकलन गरेको सहयोग रकम  पिडित बालकका हजुरआमाको हातमा चेक हस्तान्तरण गर्नुभएको  बताइएको छ ।   कार्यक्रममा बोल्दै मोहन्याल गाउपलिका वार्ड नं ७ का वार्ड अध्यक्षले सहयोगका लागि धन्यबाद दिदै “मदन भाई जस्तै आपत बिपत पर्दा सहयोग गर्ने सहयोगी हातहरुको जरुरी भएको कुरा जनाउनुभयो। अन्तराष्ट्रिय महोन्याली युवा समाजका महा–सचिव समेत रहनु भएका मदन कठायतले नेपाल आएको मौकामा सहयोग रकम हस्तान्तरण गरेका हुन ।
 
कैलाली जिल्लाको विकट पहाडि साविकको सुगरखाल, महोन्याल, पण्डौन गाविसमा स्थाइ बसोबास भई हाल रोजगारीका लागि भारत लगायत रोजगारीका लागि अन्य मुलुकमा विभिन्न पेशा ब्यवसाय गदै आएका युवाहरु संगठित भई गठन गरीएको अन्तराष्ट्रिय महोन्याली युवा समाजले महोन्याल गाउपालिकाका विभिन्न क्षेत्रमा आर्थिक सहयोग गदै आएको छ । 
 

radio programs

View All
  • On air -by
  • up next रेडियो शुआरम्भ -by