टोल सुधार समितिको अगुवाईमा सरसफाई कार्यक्रम ।

img-featured

 
 
 
देवानन्द न्यौपाने बैशाख १२ / कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर २  अन्तरगत गठित भल्का टोल सुधार समितिले आज सरसफाई कार्यक्रम गरेको छ । वडा नम्बर २ को भल्का स्वाथ्य चौकी देखि शुरु भएको सरसफाई कार्यक्रम टोलभित्रका बिभिन्न घर अगाडि भएको फोहोर मैला उठाउदै टोल सुधार समितिले सरसफाई गरेको टोल संयोजक खगेन्द्र प्रसाद बजगाईले सामुदायिक रेडियो पश्चिम आवाजलाई जानकारी दिनु भएको छ ।
 
 टोल सुधार समितिका पदाधिहरुले आफैले रकम संकलन गरी टोलमा सरसफाई लगायत अन्य जनचेतना मुलक कार्यक्रम समेत गर्न लागेको समितिका सचिव धनसरा विष्टले जानकारी दिनु भएको छ । सरसफाई कार्यक्रममा टोलमा रहेका सबै स्थानिय टोलबासिको उल्लेखनीय रुपमा सहभागिता रहेको थियो । साथै कार्यक्रममा वडा अध्यक्ष विष्णु ढकालले समितिको काम कारबाहिको बारेमा समेत सबैलाई जानकारी गराउनु भएको थियो । भने वडा अध्यक्ष झाडु लिएर आफै सरसफाई अभियानमा जुटेका थिए । समितिले आफोनो घर अगाडि फोहोर जथाभावि फाल्ने घरलाई जरीवाना समेत एक झाडु समितिलाई बुझाउनु पर्ने नियम समेत पारीत गरीएकोलम्कीचुहा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष विष्णु ढकालले सामुदायिक रेडियो पश्चिम आवाजलाई जानकारी दिनु भएको छ । 
 

radio programs

View All
  • On air नेपाली चलचित्रका गीतहरु -by
  • up next थाहा सञ्चार समाचार -by