बालकल्याण माध्यमिक विद्यालयको नतिजा प्रकाशन तथा अभिभावक भेला सम्पन्न

img-featured

 
 
नेत्रप्रसाद न्यौपाने
लम्की भाद्र १
लम्कीचुहा नगरपालिको वडा नम्बर १ भुरुवामा रहेको बालकल्याण माध्यमिक विद्यालयको शैक्षिक सत्र २०७५ को  प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा अभिभावक भेला कार्यक्रम आज सम्पन्न भएको छ ।
 बिद्यालयका प्रधानाध्यापक रुपलाल जैशीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि लम्कीचुहा नगरपालिका उपप्रमुख टीका थापा  रहनु भएको थियो । 
 कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि उपप्रमुख थापाले शैक्षिक सुधारका लागि विद्यालयले खेलेको भुमिकाको प्रसंशा गर्दै नगरपालिकाको तर्फबाट विद्यालयलाई सक्दो सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा विशिस्ट अतिथी बिद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष चन्द्रप्रसाद जैशी, शिक्षक अभिभावक संघका पुर्व अध्यक्ष मयाराम उपाध्याय , पत्रकार चन्द्रप्रसाद खनाल, तारा आचार्य लगायतका वक्ताहरुले मन्तव्य राख्नु भएको थियो ।  
उक्त अवसरमा त्रैमासिक परीक्षामा प्रत्येक कक्षामा प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्न सफल विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको विद्यालयका सहायक प्रधानाध्यापक रंगप्रसाद तिमिल्सैनाले बताउनु भएको थियो ।
कार्यक्रममा आजै मुना तिमिल्सैनाको अध्यक्षतामा शिक्षक अभिभावक संघको समेत गठन गरिएको छ । शिक्षक अभिभावक संघको सदस्यमा केवले जैशी, जलु न्यौपाने , धर्मा तिमिल्सैना, मनिषा रेग्मी, सीता बिष्ट , मिना न्यौपाने , श्रीराम तिमिल्सैना, जानकी खनाल, दुर्गा रावत, प्रकाश बि। क। , तेज भण्डारी , निर्मला तिमिल्सैना, नान्कला खनाल 
रहेका छन ।
विद्यालयका शिक्षिका नान्कला खनालले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन शिक्षक तेजप्रसाद भण्डारीले गर्नु भएको थियो ।
 

radio programs

View All
  • On air आजको कुरा -by
  • up next आजको खबर -by