नेपालकी सञ्जुको भारत्तोलनमा राष्ट्रिय कीर्तिमान

img-featured

 
 
५ भदौ, काठमाडौं । इन्डोनेसियामा भइरहेको १८ औं एसियाली खेलकुद अन्तर्गत भारोत्तोलनमा नेपालकी सञ्जु चौधरीले ५३ केजी तौल समूहमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।
 
सञ्जुले स्न्याचमा ७२ केजी र क्लिन एण्ड जर्कमा ८६ केजी गरी कुल १ सय ५८ केजी भार उठाएर आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी हुन् । स्न्याच, क्लिन एण्ड जर्क दुवैमा उनकै कीर्तिमान रहेको छ ।
 
 
उनले यसअघि एसियाली खेलकुदको छनोटका बेला स्न्याचमा ७१ केजी र क्लिन एण्ड जर्कमा ८५ केजी गरी कुल १ सय ५६ केजी भार उठाएकी थिइन् ।

radio programs

View All
  • On air -by
  • up next बि.बि.सी नेपाली सेवा -by