प्रदेश नम्बर ७ को नाम ‘खप्तड’, राजधानी ‘गोदावरी’ राख्न सुझाव

img-featured

 
भदौ ६,  कैलाली, प्रदेश नम्बर ७ को स्थायी राजधानी र प्रदेशको नाम सिफारिस गर्न गठिन विशेष सुझाव समितिले २२ दिनपछि सुझाव बुझाएको छ। समितिले लामो छलफल र बहसपछि प्रदेशको नाम र स्थायी राजधानीको स्थानबारे प्रतिवेदन सभामुख अर्जुनबहादुर थापालाई बुझाएको हो। समितिले बुझाएको प्रतिवेदनमा नाम र स्थायी राजधानी कुन क्षेत्रमा सिफारिस गरिएको छ भन्नेबारे भने गोप्य राखिएको छ। स्रोतका अनुसार प्रतिवेदनमा गोदावरी क्षेत्रमा प्रदेशको स्थायी राजधानी र प्रदेशको नाम खप्तड राख्न सिफारिस गरिएको छ। ‘हामीले सुरुदेखि नै छोटो मिठो नाम राख्ने सोचमा थियौं,’ समितिका एक सदस्यले भने, ‘अन्ततः त्यस्तै नाम भेटिएको छ।’ नाम र राजधानीका विषयमा सर्वसम्मत भएको उनले दावी गरेका छन्। ‘जति कठिन हुन्छ भन्ने थियो त्यति भएन,’ उनले भने, ‘हामीले निर्विवाद रुपमा नाम र स्थान सिफारिस गरेका छौं।’ प्रदेश ७ को नाम ‘खप्तड’ राख्नुपर्ने माग भइरहेको थियो। खप्तडसँगै सेती–महाकाली, सुन्दरपश्चिम, अपी शैपाल आदि नाम चर्चामा रहेको थियो। नाममा विवाद नरहे पनि प्रदेशको राजधानीका विषयमा भने लामो समयदेखि आन्दोलन भइरहेको थियो। तत्कालीन विकास क्षेत्रको सदरमुकाम रहेको दिपालयलाई नै प्रदेश राजधानी बनाउनु पर्छ भन्दै त्यस क्षेत्रका स्थानीयबासीले माग गर्दै आएका छन्। मंगलबार प्रदेश सरकार गठनको ६ महिना पुगेकै दिन सभामुखलाई विशेष सुझाव समितिले स्थायी राजधानी र प्रदेशको नामबारे प्रतिबेदन बुझाएको हो। सुझाव समिति गत साउन १४ मा गठन भएको थियो। सुरुमा एक साताको समय दिइएको समितिले समयसीमाभित्र सुझाव बुझाउन नसकेपछि चौथो पटक समय थप गरिएको थियो। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का प्रमुख सचेतक तारालामा तामाङको संयोजकत्वमा गठित समितिमा सत्तापक्षकै प्रदेश सभा सदस्य प्रेमप्रकाश भट्ट, चुनकुमारी चौधरी र बलदेव रेग्मीका साथै प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्य श्यामलाल राना थारु रहेका छन्।
 

 

radio programs

View All
  • On air आजको कुरा -by
  • up next आजको खबर -by