काग्रेसको विरोध जनतालाई विकास

img-featured

 
 
 
देवानन्द न्यौपाने कैलाली भदौ १६ /    सत्तारुढदल आफ्ना निर्बाचित स्थानिय तहमा कार्यकर्ता पोस्ने काम गरी रहेका बेला नेपाली कांग्रेस भने त्यसको विरोधका रचनात्मक विकास कार्यमा जुट्न थालेको छ । नागरीकलाई राहात र विकास दिनुको साटो आफै सेवा र सुविधा मुखि बन्दै निर्बाचनताका बोलेका बाचा एक पछि अर्को भुल्दै गएको सतारुण दलको विरोध गरी जनतालाई दुख दिनु भन्दा आफ्नो पार्टि जनताको सेवा र विकासमा अगाडि बढीरहेको नेपाली काग्रेस भजनी नगर समितिले जनाएको छ ।
विरोधका नाममा बन्द, चक्काजाम र हड्ताल गर्ने प्रवृत्तिलाई चिर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कैलालीको भजनी नगरपालिकामा  नगरपालिकाको ध्यानाकर्षण गर्न हिलाम्मे सडक र खाल्डाखुल्डीमा ग्राभेल गरेको हो ।  जिल्लाको भजनी–सुखड खण्डको २४ कि. मि. सडकमा वर्षाका कारण खाल्डाखुल्डी परेर यातायात आवागमनमा समस्या भएपछि काँग्रेसले नगरपालिकालाई आवागमन सहज बनाउन खाल्डाखुल्डी पुर्न पटक पटक गरेको आग्रहलाई वेवास्ता गरेको भन्दै काँग्रेसले शुक्रवार भजनी वजार क्षेत्रमा २४ घन मिटर ग्राभेलिङ्ग गरेको हो ।         विरोधका नाममा गरिदै आएका चक्काजाम, बन्द र हड्ताललाई नेपाली काँग्रेस भजनीको यस साङ्केतिक विरोधले सकारात्मक सन्देश दिएको छ । भजनी–सुखड र भजनी–सडकपुर बौनियाँ सडकखण्ड मर्मत गरिनु पर्ने काँग्रेसको मुख्य माग हो ।
   भजनी नगरपालिकालाई हिलाम्मे सडक मर्मतका लागि घच्घच्याउन काँग्रेस कार्यकर्तावाट सङ्कलित रकमले ग्राभेल गरिएको काँग्ेसका तर्पmबाट भजनी नगरमा मेयरका प्रत्याशी वीरबहादुर हमालले बताउनु भएको छ । सडक मर्मतका लागि पटक–पटक नगरपालिकामा डेलिकेशन गयांै । भजनी नगरपालिकाले वास्ता गरेन आन्दोलनमा जानुको विकल्प नरहेपछि आन्दोलन गरिएको भजनी काँग्रेसका नगर सभापति टेकराज न्यौपानेले बताउनु भएको हो ।
     त्यस्तै नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि रामनाथ उपाध्याय शान्तिपूर्ण आन्दोलन स्वरुप सडक मर्मतवाट आन्दोलन शुरू गरेको बताउँछन् ।   भजनी वजारमा नारावाजी गर्दै नगरपालिका कार्यालय परिक्रमापछि भजनी चौराहमा कोणसभा समेत भएको छ । प्रतिपक्षले उठान गरेका विकासमुखी योजनालाई बेवास्ता गरे भजनी काँग्रेस आन्दोलनमा जाने कोणसभालाई सम्वोधन गर्ने क्रममा वक्ताहरूले चेतावनी दिएका छन् ।
 

radio programs

View All
  • On air आजको कुरा -by
  • up next आजको खबर -by