नेपाल राहत शिक्षक समिति लम्कीचुहाको भेला सम्पन्न

img-featured

 

 

रंगप्रसाद तिमिल्सैना लम्की भाद्र १६ / नेपाल राहत शिक्षक समिति लम्कीचुहाको भेला तथा नगरपालिका स्तरीय स्थानीय राहत शिक्षक समितिको गठन कार्यक्रम आज लम्कीचुहाको राष्ट्रिय नमुना माध्यमिक विद्यालय मोतिपुरमा सम्पन्न भएको छ । नेपाल राहत शिक्षक समिति कैलालीका सदस्य अमर चलाउनेको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल राहत शिक्षक समितिका केन्द्रिय सचिव मोहन भण्डारी रहनु भएको थियो । भेलाले विनोद आचार्यको अध्यक्षतामा ११ सदस्यीय लम्कीचुहा नगरपालिका स्तरीय स्थानीय राहत शिक्षक समिति निर्विरोध निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा पुर्ण खत्री, महिला उपाध्यक्षमा उर्मिला बस्नेत , सचिवमा मार्कण्डेय उपाध्याय , कोषाध्यक्षमा जगत विश्वकर्मा , सह सचिवमा नेत्रबहादुर बटाला रहेका छन । त्यसैगरी समितिको सदस्यमा बिष्णु शाही, जगत ढुंगाना , निना भट्ट र परसुराम चौधरी रहेका छन । भेलाले प्रेम कोइरालाको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समितिको समेत गठन गरेको छ ।

सल्लाहकार समितिको सदस्यमा रंगप्रसाद तिमिल्सैना, कृष्ण सन्ज्याल, मिनराज भाट र कमला मिश्र रहेका छन । कार्यक्रममा लम्कीचुहा नगरपालिका स्तरीय शिक्षक महासङगका अध्यक्ष रामप्रसाद तिमिल्सैना, एकीकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन कैलालीका उपाध्यक्ष रुपलाल जैशी, नेपाल शिक्षक संघ कैलालीका सदस्य सिद्धराज जोशी, नेपाल राहत शिक्षक समिती चुहा श्रोतकेन्द्रका पुर्व अध्यक्ष रंगप्रसाद तिमिल्सैना, सहिद स्मृति माध्यमिक विद्यालय लम्कीका प्रधानाध्यापक नोबेन्द्रा बराल लगायतका वक्ताहरुले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा लम्कीचुहाका करिब ८० जना राहत शिक्षकको उपस्थिति रहेको थियो ।

radio programs

View All
  • On air आजको कुरा -by
  • up next आजको खबर -by