१५ औं निजामती सेवा दिवसको अवसरमा जानकीमा प्रभातफेरी

img-featured

नेत्रप्रसाद न्यौपाने
लम्की,२२भदौ
कैलालीको जानकी गाउपालिकामा १५ औं निजामती सेवा दिवसका अवसरमा प्रभात फेरीको अयोजना गरि मनाईएको छ । ‘नतिजामुखी प्रशासनः समृद्धि र सुशासन’ भन्ने नाराका साथ गाउपालिका बाट सुरु भएको प्रभातफेरी दुर्गौली बजार परिक्रम गरि गाउपालिकामा कोण सभामा परिन्त भएको थियो । जानकी गाँउपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी ओडको अधयक्ष्यतामा भएको कार्यंक्रममा जानकी गाँउपालि कृर्षि शाखाका प्रमृुख गोरख सिह,वडा सचिबहरुको तर्फ बाट वडा नम्बर ६ का वडा सचिब बासुदेव अधिकारी,स्वाथ्य चौकी प्रमुखहरुको तर्फ बाट मुनुवा स्वास्थय चौकीका प्रमुख विर्ख बहादुर विष्ट,लगायतकाले मन्तव्य राख्नुभएको थियो । प्रभात फेरी कार्यक्रमलाई समापन गर्दे निमित्त प्रमुख प्रशासकिय अधिकृत ओडले आज देशैभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाईरहेको बताउदै स्थानिय निकाय स्थापना भएपश्चात पहिलो पटक दिवस मनाईरहेकोले आगामी दिनमा अझै व्यस्थीत तरिका बाट दिवस मनाउने र दिवसले सम्पुर्ण कर्मचारी विच चिनजानका साथै आफुले गर्ने कामकारबाहीका बारेमा समेत अनुभव आदनप्रदान गरिने र कर्मचारी बिच एकता तथा निजामती कर्मचारीहरुको हकहितका लागी समेत सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा जानकी गाँउपालिकामा रहेका विभिन्न शाखामा रहेका निजामति कर्मचारीहरुको उपस्थिती रहेको थियो । गाउँपालिकाले निजामती दिवसको पुर्व सन्ध्यामा विहिवार कार्यालय परिसर सरसफाईको कार्यक्रम समेत अयोजना गरेको थियो ।  कार्यक्रमको सनचालन जानकी  गाँउपालिकाका प्रशासन सहायक तथा राजश्व शाखाका मेवालाल चौधरीले गर्नुभएको थियो । 
यसै बिच प्रधानमन्त्री केपी शर्मा ओलीले १५औँ निजामती सेवा दिवसका अवसरमा शुभकामना दिँदै एक्काइसौं शताब्दीमा नागरिकका अपेक्षा सम्बोधनका लागि घरदैलोमा गुणस्तरीय सेवा प्रवाहको सुनिश्चितता गर्न राष्ट्रसेवक कर्मचारीमा आह्वान गर्नुभएको छ ।  ‘नतिजामुखी प्रशासनः समृद्धि र सुशासन’ भन्ने नाराका साथ मनाइएकोे ‘निजामती सेवा दिवस, २०७५’ का अवसरमा उहाले सम्पूर्ण निजामती राष्ट्रसेवकको सुस्वास्थ्य तथा पेशागत अभिवृद्धिका लागि शुभकामना व्यक्त गर्दै यो सेवा बृहत् कार्यक्षेत्र, नागरिक दायित्व एवं जिम्मेवारीसहितको सार्वजनिक सेवा भएको उल्लेख गर्नुभएको छ । सरकार र जनताबीच सम्बन्ध सुमधुर बनाउन यसको अहम् भूमिका रहँदै आएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले राज्यका नीति तथा योजना, कानूनको तर्जुमा र कार्यान्वयन गराउने महत्वपूर्ण भूमिका निजामती सेवाले नै निर्वाह गर्दै आएको जनाएका छन् । 
 
“जननिर्वा्चित संविधानसभाबाट संविधान निर्माण भई तीनवटै तहका निर्वाचन भइसकेको अवस्थामा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको राजनीतिक संरचना पनि संस्थागत भइसकेको छ”, १५औँ निजामती सेवा दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले “त्यसैअनुरुपको प्रशासनिक संरचनाको स्वरुप निर्धारण भइसकेको र यतिखेर प्रशासनिक संरचनालाई संस्थागत गर्ने विधि र प्रक्रिया पनि अघि बढिरहेको छ ।” 
“वर्तमान सरकार यही अवस्था सिर्जना गर्न प्रतिबद्ध हुँदै समृद्ध नेपाल, सुखी नेपालीको ध्येयका साथ काम गर्न अग्रसर छ । जनताप्रति समर्पित, सदाचारयुक्त र प्रतिस्पर्धी क्षमतासहितको निजामती सेवा अहिले राष्ट्रको आवश्यकता हो । निष्ठा, लगनशीलता र इमान्दारीपूर्वक पेशागत जिम्मेवारी र कर्तव्य निर्वाह गर्ने कर्मचारीतन्त्रले व्यक्तिगत स्वार्थभन्दा मुलुक र जनताको स्वार्थलाई महत्व दिने गर्दछ”, शुभकामना सन्देशमा भनिएको छ, “यस्तो निजामती प्रशासनबाट मात्र हामीले जनतालाई समृद्ध र सुखी बनाउने लक्ष्य हासिल गर्न सक्नेछौँ तसर्थ राष्ट्रसेवकको पहिलो अभिभारा राष्ट्रप्रति समर्पित र जनताको सेवामा कटिवद्ध रहँदै एक्काइसौँ शताब्दीका नागरिकको अपेक्षाको सम्बोधन गर्न घरदैलोमा गुणस्तरीय सेवा प्रवाहको सुनिश्चितता गर्नु नै हो ।” 
राजनीतिक नेतृत्वले अघि बढाएको रुपान्तरणको अभियानलाई अझ गति प्रदान गर्न रत्तिभर आलश्य नगर्ने, जिम्मेवारीवोध गर्ने र दोषारोपणको संस्कृतिभन्दा माथि उठेको निजामती प्रशासनले मात्र यो परिकल्पनालाई साकार पार्न सक्ने गरी काम गर्न पनि उहाँले आह्वान गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
 

radio programs

View All
  • On air आजको कुरा -by
  • up next आजको खबर -by