विद्यालय क्षेत्रमा रहेको विपद् जोखिमलाई न्युनिकरण गर्न सरोकारवाला सचेत हुनु पर्ने कार्यक्रमका सहभागिको जोड

img-featured

 
नेत्रप्रसाद न्यौपाने
लम्की,भदौ २२
विद्यालय क्षेत्रमा रहेको विपद्  जोखिमलाई न्युनिकरण गर्नको लागि सरोकारवाला सचेत हुनु पर्नेमा एक कार्यक्रमका सहभागिले जोड दिएका छन । लम्कीचुहा नगरपालिका अन्तरगत सञ्चालित सामुदायिक विद्यालयको संयुक्त अनुगमन तथा स्थतलगत निरीक्षण पछि लम्कीमा आयोजित समिक्षा कार्यक्रममा सहभागिले सो कुरा बताएका हुन । युरोपीयन युनियन मानवीय सहायता तथा नागरीक संरक्षण विभागको आर्थिक सहयोगमा वल्र्ड भिजन ईन्टरनेश्नल नेपालसँगको साझेदारीमा सामाजिक विकासका लागि सचेत समाज (ऋक्क्म्) द्वारा संचालित“विपद् जोखिम न्युनिकरण तथा विद्यालय सुरक्षा परियोजना” को सहयोगमा लम्कीचुहा नगरपालिका प्रमुख, उप—प्रमुख तथा वडा नम्बर १ देखि १० सम्मका सम्पुर्ण वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा नगरस्तरीय शिक्षा समितिका पदाधिकारी र नगर स्तरीय विपद् ब्यवस्थापन समितिले विहीबार नगरपालिका अन्तरगतका वडा नम्बर ३ मा रहेको राष्ट्रिय माध्यामिक विद्यालय बल्चौर र वडा नम्बर ४ मा रहेको जनता माध्यामिक विद्यालय चौरीपुरको अनुगमन गरेको थियो । अनुगमनको क्रममा विद्यालयले विगतको तुलनामा हाल विपद् ब्यावस्थापन तथा प्रकोप पुर्बको तयारी बारे विद्यार्थिलाई सचेत गराउनुका साथै उनीहरुले विपद पर्दा अपनाउनुपर्ने सावधानीका विषयमा जानकार भएको पाइएको थियो ।  विपद् जोखिम ब्यावस्थापनको लागि विद्यालयले गर्नु पर्ने तयारी र सुधारगर्नु पर्ने विषयमा अनुगमन टोलिले संयुक्त रुपमा छलफल गरी सुझाव समेत तयार पारेको सामाजिक विकासका लागि सचेत समाज (ऋक्क्म्) द्वारा संचालित“विपद् जोखिम न्युनिकरण तथा विद्यालय सुरक्षा परियोजनाका कार्यक्रम संयोजक देवी थापाले बताउनु भयो । कार्यक्रममा लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईले नगरपालिका अन्तरगत रहेका अधिकाशं सामुदायिक विद्यालयको भौतिक संरचनाहरु विपद्को उच्च जोखिममा रहेको बताउदै नगरपालिकाले  निरन्तर सुधारको लागि प्रयास गरी रहेको बताउनु भएको थियो । नगरपालिका बाट शिक्षाको क्षेत्रमा विनियोजित गरीने बजेट कम भएको आफुले महशुस गरी रहेको बताउदै नगर प्रमुख बजगाईले अब बजेट विनियोजन गर्दा भौतिक संरचना निमार्णमा विशेष प्राथमिकता राख्नेमा जोड दिनु भएको थियो । वल्र्ड भिजन ईन्टरनेश्नल नेपालका नित्यानन्द पाण्डेले संबिधानमा स्थानिय स्तरको विपद् ब्यवस्थापनको एकल दायित्व स्थानिय सरकारको रहने प्राबाधान राखेकाले समेत यसमा जनप्रतिनिधि सबै गम्भीर हुनु पर्नेमा जोड दिनु भएको थियो ।  कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, नगरस्तरीय विपद् जोखिम ब्यावस्थापन समितिका पदाधिकारी, शिक्षा समितिका पदाधिकारी,पत्रकार लगायतकाको सहभागिता रहेको सामाजिक विकासका लागि सचेत समाज (ऋक्क्म्) का सामाजिक परिचालक लक्ष्मि वि.क.ले जानकारी दिनु भएको छ ।
 

radio programs

View All
  • On air आजको कुरा -by
  • up next आजको खबर -by