बिपन्न बालबालिकाहरुलाई विद्यालय झोला तथा स्टेशनरी सामग्री वितरण

img-featured

 

 

 

रंगप्रसाद तिमिल्सैना लम्की , भाद्र २२ / लम्कीचुहा नगरपालिका वडा नम्बर १ भुरुवामा रहेको बालकल्याण माध्यमिक विद्यालयमा आज ३९ औं राष्ट्रिय शिक्षा दिवसका अवसरमा विद्यालयमा अध्ययनरत बिपन्न बालबालिकाहरुलाई विद्यालय झोला तथा स्टेशनरी सामग्री वितरण गरिएको छ । 
विद्यालयमा गठीत जुनियर रेडक्रस सर्कलले दिवसको अवसरमा ५ जना विद्यार्थी बालबालिकाहरुलाई प्रति विद्यार्थी १ थान झोला, ६ थान नोटबुक, २ थान सिसाकलम, १ थान सापनर वितरण गरेको हो । कार्यक्रममा कक्षा १ का भावना गिरी , सरिता बुढा कक्षा २ का महेन्द्र देवल कक्षा ३ का सुनिल सार्की र गोमा शर्मालाई उक्त सामग्री वितरण गरिएको थियो । 
नेपाल जुनियर रेडक्रस सर्कल बालकल्याण माध्यमिक विद्यालयका अध्यक्ष कल्पना तिमिल्सैनाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि विद्यालयका सहायक प्रधानाध्यपक रंगप्रसाद तिमिल्सैना रहनु भएको थियो । 
कार्यक्रममा अतिरिक्त क्रियाकलाप संयोजक शिव थापा, शिक्षक नायक तेजप्रसाद भण्डारी, शिक्षकहरु जीवबहादुर रावल, प्रकाश बि.क., दिपेन्द्र खत्री, नरेन्द्र शाही, तिलक सिजापति शिक्षिकाहरु नान्कला खनाल, निर्मला तिमिल्सैना, गीता बिष्ट, निर्मला आचार्य लगायतकाको सहभागीता रहेको थियो । 
कार्यक्रममा विद्यार्थीहरुले शिक्षासंग सम्बन्धित गीत , गजल , कविता र प्रहर्शन समेत प्रस्तुत गरेको विद्यालयका सहायक प्रधानाध्यपक रंगप्रसाद तिमिल्सैनाले जानकारी दिनु भएको छ ।

radio programs

View All
  • On air थाहा सञ्चार समाचार -by
  • up next हिन्दी गीतहरु -by