नेपाल राहत शिक्षक समिति प्रदेश नम्बर ७ को भेला तथा अन्तरक्रिया कार्यक्रम

img-featured

 

 

रंगप्रसाद तिमिल्सैना लम्की भदौ २३ / नेपाल राहत शिक्षक समिति प्रदेश नम्बर ७ को भेला तथा अन्तरक्रिया कार्यक्रम आज कैलालीको धनगढीमा सम्पन्न भएको छ । गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता , पेशागत स्वामित्वका लागि राहत शिक्षक एकता भन्ने मुल नारा सहित पेशागत स्थायित्वका लागि रणनीति सम्बन्धि प्रदेश नम्बर ७ स्तरीय वृहत अन्तरक्रिया तथा भेला कार्यक्रम शुभश्री पार्टी प्यालेस धनगढीमा सम्पन्न भएको हो । नेपाल राहत शिक्षक समिती प्रदेश नम्बर ७ का अध्यक्ष प्रेमबहादुर शाहीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल राहत शिक्षक समिति केन्द्रिय समितिका सह अध्यक्ष नवीन सिंह धामी रहनु भएको थियो । अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि धामीले राहत शिक्षकहरुको व्यवस्थापनका लागि वर्तमान सरकारको तर्फबाट पहल नभएको बताउदै राहत शिक्षकहरुले विगतका आन्दोलनबाट प्राप्त उपलब्धिलाई समेत संघीय शिक्षा ऐनमा नामेट गर्न खोजेको आरोप लगाउनु भयो । कार्यक्रममा नेपाल राहत शिक्षक समिति केन्द्रिय सल्लाहकार सदस्य कुमार बजगाईले राहत शिक्षकहरुको मुद्दालाई जारी हुन लागेको संघीय शिक्षा ऎनमा सम्बोधन गर्न वर्तमान सरकारलाई राहत शिक्षक समितिले वाध्य पार्ने बताउनु भयो । कार्यक्रममा नेपाल शिक्षक संघका केन्द्रिय उपाध्यक्ष लक्ष्मणदत्त भट्ट , नेपाल शिक्षक संघ प्रदेश नम्बर ७ का अध्यक्ष बिर्खबहादुर मल्ल, नेपाल शिक्षक महासङ कैलालीका सचीव मनराज यादव , नेपाल शिक्षक संघ कैलालीका अध्यक्ष गणेश ओझाले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठन कैलालीका अध्यक्ष धनबहादुर सिंह , नेपाल राष्ट्रिय शिक्षक संगठन कैलालीका उपाध्यक्ष नेत्रा नाथ जोशी , अखिल नेपाल शिक्षक संगठन कैलालीका सचिव रामप्रसाद तिमिल्सैना लगायतका वक्ताहरुले मन्तव्य राख्नु भएको थियो । राहत शिक्षक समिति केन्द्रिय समितिको आयोजनामा आगामी भाद्र २६ देखि २८ गतेसम्म संघीय शिक्षा ऐनमा राहत शिक्षकहरुको व्यवस्थापनको विषय उल्लेख गरिनु पर्ने माग राख्दै सामुदायिक विद्यालमा शैक्षिक हडतालको आह्वान गरेको छ ।

radio programs

View All
  • On air आजको कुरा -by
  • up next आजको खबर -by