वक्तृत्वकला प्रतियोगितामा बालकल्याण मा. वि. प्रथम

img-featured

 

 

लम्की भाद्र २४ / लम्कीचुहा नगरपालिकाको वडा नम्बर ६ चैनपुरमा रहेको शम्भु सुनन्दा युवा क्लबको आयोजनामा आज भएको वक्ततृत्वकला प्रतियोगितामा बालकल्याण माध्यमिक विद्यालय लम्की भुरुवाले प्रथम स्थान प्राप्त गरेको छ । श्रीकृष्ण जन्माष्टमी तथा क्लबको १४औं वार्षिकोत्सबका अवसरमा भाद्र २५ गतेदेखि शुरु भएको वृहत खुल्ला फुटबल प्रतियोगिता संचालनका क्रममा आज भएको लम्कीचुहा नगरपालिका स्तरीय अन्तर मा. वि. वक्तृत्वकला प्रतियोगितामा बालकल्याण मा. वि. भुरुवाका रोहन तिमिल्सैनाले प्रथम स्थान प्राप्त गरेका छन । लम्कीचुहा नगरपालिकाका ९ बिद्यालयको सहभागिता रहेको प्रतियोगितामा क्याम्ब्रीज बोर्डिङ स्कुल बलियाका दिप्ती उपाध्यायले दोस्रो र जनप्रभात मा. वि. तिलकपुरका लक्ष्मी बिष्टले तेस्रो स्थान प्राप्त गरेका छन । वक्तृत्वकला प्रतियोगिता कार्यक्रम संयोजक महेन्द्र खत्रीको सभापतित्वमा भएको थियो भने संचालन हिक्मत रावलले गरेका थिए । प्रतियोगितामा प्रथम , दोस्रो र तेस्रो स्थान प्राप्त गरेका विद्यार्थीहरुलाई भोलि हुने फुटबल प्रतियोगिताको समापन कार्यक्रममा पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने क्लबले जनाएको छ ।

radio programs

View All
  • On air -by
  • up next बि.बि.सी नेपाली सेवा -by