विद्यालय सुधार योजना प्रस्तुतिकरण कार्यशाला गोष्ठी लम्कीमा

img-featured

नेत्रप्रसाद न्यौपाने
लम्की,भदौ २६
कैलालीको लम्कीचुहा नगरपालिकामा विद्यालय सुधार योजना प्रस्तुतिकरण कार्यशाला गोष्ठी  मंगलबार लम्कीमा सम्पन भएको छ । विपद् जोखीम न्युनिकरण तथा विद्याल सुरक्षा परियोजना अन्तरगत विद्यालयमा भएको विद्यालय सुधार परियोजनामा भएका विपद जोखीम न्युनिकरण सम्बन्धी योजना माथी छलफल भएको छ । नगरपालिका अन्र्तगतका १३ वटा सामुदायिक विद्यालका प्रधान्ध्यापक ५ वटा वडाका जनप्रतिनिधी लगायतकाको कार्यशालामा उपस्थिती रहेको थियो ।
कार्यशाला गोष्ठीमा ४ समुहमा विभाजन भई विद्यालयको विद्यालय सुधार परियोजनामा रहेका विपद संग सम्बन्धीत कार्यक्रमलाई योजना बनाई कार्यन्वयन गर्ने र उक्त कार्यक्रमलाई सम्बन्धीत निकायमा पहल गर्ने गरी कार्ययोजना बनाईएको छ । कार्ययोजना बनाईसके पश्चात त्यसलाई कार्यनन्वय गर्न सबैले प्रतिबद्धता समेत जनाएका छन ।  
युरोपीयन युनियन मानवीय सहायता तथा नागरीक संरक्षण विभागको आर्थिक सहयोगमा वल्र्ड भिजन ईन्टरनेश्नल नेपालसँगको साझेदारीमा सामाजिक विकासका लागि सचेत समाज (ऋक्क्म्) द्वारा संचालित“विपद् जोखिम न्युनिकरण तथा विद्यालय सुरक्षा परियोजना” को सहयोगमा कार्यशाला गोष्ठी भएको सामाजिक विकासका लागि सचेत समाज (ऋक्क्म्) द्वारा संचालित“विपद् जोखिम न्युनिकरण तथा विद्यालय सुरक्षा परियोजनाका कार्यक्रम संयोजक देवी थापाले बताउनु भयो । 
 कार्यक्रममा सम्पुर्ण जनप्रतिनिधीहरुको तर्फ बाट वडा नम्बर ९ का वडा अध्यक्ष रामप्रसाद चौधरी, सम्पुर्ण विद्यालयहरुको तर्फ बाट राष्ट्रिय नव जागृत मावी चुहाका प्रधान्ध्यापक राम चन्द्र आर्य लम्की चुहा नगरपालिकाका स्रोत व्यक्ती टिकाराम जोशी लगायतकाले बोल्नुभएकोे सामाजिक विकासका लागि सचेत समाज (ऋक्क्म्) का सामाजिक परिचालक रमा चौधरीले जानकारी दिनु भएको छ ।

radio programs

View All
  • On air आजको कुरा -by
  • up next आजको खबर -by