संविधान दिवसको अवसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न्

img-featured

 
 
नेत्रप्रसाद न्यौपाने
लम्की,असोज ०३
लम्की जेसिजको सप्ताहा ब्यापि कार्यक्रम अन्तरगत संविधान दिवसको अवसर पारेर बुधवार चौथो दिन बृक्षारोपण कार्यक्रम सम्पन्न्ां गरीएको छ । लम्कीचुहा नगरपालिका वडा नम्बर  ३ बल्चौरमा रहेको कैलाशधाम तीर्थस्थल परिसरमा बिभिन्न प्रजातीका करीब  एक सय भन्दा बढी बोट विरुवा रोपीएका छन । कार्यक्रम संयोजक नेत्र प्रसाद जैसीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भक्तबहादुर चलाउने रहनु भएको थियो भने विशिष्ट अतिथीमा बिश्व हिन्दु एकता परिषद् नेपाल कैलाशधाम तीर्थस्थलका अध्यक्ष लक्ष्मीराम रिमाल रहनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथी वडा अध्यक्ष चलाउनेले जेसीजले युवाहरुका क्षेत्रका साथै अन्य सामाजिक कार्यमा सहयोग गर्दै आएको र अन्य संघसंस्थाहरुले समेत जेसीजको सिको गरि कार्यक्रम गर्नुपर्ने बताउनुभएको थियो । जेसीजले समय अनुशासन लगायतका क्षेत्रमा राम्रो काम गरेकाले अब संघसंस्थाहरु मत्र नभई राजनितिकदलहरुले समेत जेसीजको सिको गर्नुपर्ने बताउनुभयो । 
 कार्यक्रमका विशिष्ट अतिथी रिमालले लम्की क्षेत्रमा विगतका वर्षमा समेत सामाजिक क्षेत्रमा कार्य गरेको बताउदै जेसीजले गर्ने प्रत्येक कार्यक्रममा आफु प्रत्यक्ष संग्लन भई कार्यक्रम गरेकाले जेसिजले गर्ने कार्य उदारणीय रहेको बताउनु भयो । कार्यक्रममा लम्की चुहा नगरपालिका वडा नम्बर ३का सदस्य प्रेम चौधरी,लम्की जेसीज वर्ष २०१७का अध्यक्ष जुगराम चौधरी,लम्की जेसीज वर्ष २०१८का अध्यक्ष रामबहादुर बोगटी, लम्की बहुमुखी क्यापसका स्वियु सभापति ललित जैसी, सप्ताह कार्यक्रम अन्तरगत वक्तृत्वकला प्रतियोगिता कार्यक्रमका संयोजक विरेन्द्र शाही,स्टेशनरी वितरण कार्यक्रम  संयोजक अनिता न्यौपाने,पत्रकार लगायतकाको सहभागीता रहेको थियो । कार्यक्रमको सन्चालन लम्की जेसीज वर्ष २०१८ का महासचिब ललित देउवाले गर्नुभएको लम्की जेसीजका मिडिया संयोजक देवानन्द न्यौपानेले जानकारी दिनुभएको छ । 
 

radio programs

View All
  • On air आजको कुरा -by
  • up next आजको खबर -by