११ औं वार्षिक साधारण सभा तथा सामाजिक परिक्षण सम्पन

img-featured

 
 
नेत्रप्रसाद न्यौपाने
लम्की,असोज ०३
कुलरिया शाखा कुलो सिचाई जल उपभोक्ता संस्थाको ११ औं वार्षिक साधारण सभा तथा सामाजिक परिक्षण सम्पन भएको छ । संस्थाका अध्यक्ष रबिलाल चौधरीको अध्यक्षयतामा भएको कार्यक्रममा रानि जमरा कुलरिया मुल समितिका उपाध्यक्ष दमोदर खडका प्रमुख अतिथी रहनुभएको थियो । भने विशिष्ट अतिथीमा जानकी गाउपालिकाका अध्यक्ष प्रदिप कुमार चौधरी र रानि जमरा कुलरिया सिचाई परियोजनाका प्रमुख मधुकर राना रहनुभएको थियो । वार्षिक साधारण सभामा आर्थिक वर्ष २०७४।७५को वास्तविक ११ लाख ८ हजार ५९ रपैया ४९ पैसा र आर्थिक वर्ष २०७५।७६को १७ लाख ७० हजार ९ सय ९२ रुपैया ४९ पैसा बराबरको आय व्यय संस्थाकी कोषाध्यक्ष सोमती कठरियाले प्रस्तुत गर्नु भएको थियो । साधारण सभामा रानि जमरा कुलरिया सिचाई परियोजना कृर्षि तर्फका बागबानी अधीकृत पुष्प खनाल, रानि जमरा कुलरिया मुल समितिका सचिब प्रशुराम महतौ,कोषध्यक्ष कृर्ति सिंह रोकाय जमराशाखा कुलो सिचाई जल उपभोक्ता संस्थाका अध्यक्ष लालबिर चौधरी लगायतले बोल्नुभएको थियो । संस्थाका उपाध्यक्ष लक्षमण कठरियाले स्वागत गर्नुभएको कार्यक्रमको संचालन संस्थाका सचिब सोहनलाल कठरियाले गर्नुभएको थियो ।    
 

radio programs

View All
  • On air आजको कुरा -by
  • up next आजको खबर -by